२० वटै वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन् । चौथो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । यो अघिल्लो वर्षको यसैअवधिको तुलनामा २४.९३ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
यसअवधिमा सात अर्बभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक र ग्लोबल आइएमई बैंक रहेका छन् । नबिल बैंकले ७ अर्ब ५२ करोड ७१ लाख नाफा आर्जन गरेको छ भने दोस्रोमा ग्लोबल आइएमई बैंकलेले ७ अर्ब २५ करोड ३४ लाख नाफा कमाएको छ । नबिल बैंक एकै वर्षमा ७६.८६ प्रतिशतले नाफामा बढ्ढोत्तरी गर्नेमा पनि पहिलो स्थानमा रहेको छ ।
त्यस्तै चार अर्बभन्दा बढी नाफा आर्जन गर्नेमा तीन वटा वाणिज्य बैंकहरु क्रमस् नेपाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, एनआइसी एशिया बैंक र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । यसैगरी तीन अर्ब भन्दा बढी मुनाफा आर्जन गर्नेको सूचिमा सात वटा वाणिज्य बैंक क्रमस् एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टड बैंक, हिमालयन बैंक, एनएमबि बैंक, नेपाल बैंक, कृषि विकास बैंक र सिद्धार्थ बैंक रहेका छन् ।
दुई अर्बभन्दा बढि मुनाफा कमाउनेको सूचिमा ६ वटा वाणिज्य बैंकहरु क्रमस् सानिमा बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल एसबीआई बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् । त्यस्तै १ अर्ब भन्दा बढी नाफा आर्जन गर्नेमा कुमारी बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।
त्यस्तै चार अर्ब भन्दा बढी वितरणयोग्य मुनाफा कमाउनेमा एनआसी एशिया बैंक र एभरेष्ट बैंक रहेका छन् । सबैभन्दा बढी एनआइसी एशिया बैंकको वितरणयोग्य मुनाफा मात्र ४ अर्ब ९१ करोड ७१ लाख रुपैयाँ र एभरेष्ट बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ३३ करोड ३२ लाख रुपैयाँ रहेको छ। प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमताको आधारमा एभरेष्ट बैंक पहिलो नम्बरमा परेको छ । एभरेष्ट बैंकले प्रतिशेयर ४० रुपैयाँ ५० पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। दोस्रोमा एनआइसी एशिया बैंक रहेको छ बैंकको प्रतिशेयर ३१ रुपैयाँ ९९ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। ऋणात्मक लाभांस वितरण क्षमता हुनेमा भने हिमालयन बैंक र कुमारी बैंकको रहेका छन् ।
खराब कर्जा धेरै हुने वाणिज्य बैंकहरुमा कुमारी बैक रहेको छ जसको खराब कर्जा ४.७७ प्रतिशत रहेको छ । सबैभन्दा कम खराब कर्जा हुने बैंक भने एभरेष्ट बैंक परेकोको छ जसको खराब कर्जा ०.७९ प्रतिशत मात्र रहेको छ ।
त्यसैगरी प्रति शेयर आन्दानी (Earning Per Share- EPS) बढी हुनेमा एनआइसी एशिया बैंक रहेको छ सजको भउक मात्र ४० रुपैयाँ २२ पैसा रहेको छ । सबैभन कम EPS हुनेमा भने कुमारी बैंक रहको छ जसको EPS सात रुपैयाँ ४६ पैसा मात्र रेहेको छ ।
हेर्नुहोस् असार मसान्तसम्म कुन बैंकको खुद नाफा, वितरणयोग्य नाफा, EPS का साथै खराब कर्जा कति पुग्यो ?
|
बैंकको नाम |
खुद नाफा |
वितरणयोग्य नाफा |
EPS |
खराब कर्जा |
लाभांश क्षमता |
|---|---|---|---|---|---|
|
७ अर्ब ५२ करोड ७१ लाख |
३ अर्ब ९६ करोड १० लाख |
रु.२७.८२ |
१.२३% |
१४.६४% |
|
|
७ अर्ब २५ करोड ३४ लाख |
२ अर्ब ९५ करोड ६९ लाख |
रु.२०.७७ |
३.१२% |
८.२७% |
|
|
४ अर्ब ९१ करोड ७१ लाख |
१ अर्ब ८१ करोड २८ लाख |
रु.३३.९६ |
२.९५% |
११.५९% |
|
|
४ अर्ब ६५ करोड १३ लाख |
४ अर्ब ९१ करोड ७१ लाख |
रु.४०.२२ |
०.८०% |
३१.९९% |
|
|
४ अर्ब २९ करोड ६६ लाख |
१५ करोड ८३ लाख |
रु.१६.०७ |
४.३५% |
०.४६% |
|
|
३ अर्ब १९ करोड एक लाख |
७९ करोड ५७ लाख |
रु.२२.६४ |
२.०१% |
५.६५% |
|
|
३ अर्ब ५२ करोड ५४ लाख |
२ अर्ब ७३ करोड ३९ लाख |
रु.३७.३९ |
१.१७% |
२८.९९% |
|
|
३ अर्ब ४१ करोड ४ लाख |
१ अर्ब ५० करोड १८ लाख |
रु.१८.५७ |
२.७२% |
८.१८% |
|
|
३ अर्ब ३९ करोड ३१ लाख |
४ अर्ब ३३ करोड ३२ लाख |
रु.३१.७२ |
०.७९% |
४०.५०% |
|
|
३ अर्ब २६ करोड ६१ लाख |
७१ करोड १४ लाख |
रु.१९.१९ |
४.५७% |
(-३.२९%) |
|
|
३ अर्ब ९ करोड ९३ लाख |
२ अर्ब ७१ लाख |
रु.२०.६२ |
२.४८% |
१४.९२%* |
|
|
३ अर्ब ४१ करोड १५ लाख |
९७ करोड ३३ लाख |
रु.२३.२२ |
२.८५% |
६.६२% |
|
|
२ अर्ब ८२ करोड ५२ लाख |
१६ करोड १६ लाख |
रु.१२ |
४.१६% |
०.६९% |
|
|
२ अर्ब ६१ करोड ९२ लाख |
२ अर्ब २० करोड ९६ लाख |
रु.२१.०२ |
१.३०% |
१७.७३% |
|
|
२ अर्ब २६ करोड ३१ लाख |
२० करोड ४८ लाख |
रु.११.६६ |
४.२३% |
१.०६% |
|
|
२ अर्ब २६ करोड १८ लाख |
१ अर्ब ९३ करोड ७१ लाख |
रु.१९.४४ |
२.८१% |
८.९४% |
|
|
२ अर्ब २४ करोड १६ लाख |
१ अर्ब ४१ करोड १ लाख |
रु.२२.१५ |
२.४३% |
१३.९३% |
|
|
२ अर्ब २१ करोड ४४ लाख |
१ अर्ब ३ करोड ७२ लाख |
रु.१५.६९ |
३.१९% |
७.३०% |
|
|
१ अर्ब ९५ करोड ७१ लाख |
(८४ करोड ८३ लाख) |
रु.७.४६ |
४.७७% |
(-३.२३%) |
|
|
१ अर्ब ८५ करोड ११ लाख |
१ अर्ब ५६ करोड ८७लाख |
रु.१८.०५ |
२.१२% |
१५.२९% |
*Update: 8/6/2023






