एनएमबी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ४१ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५० करोड १८ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ १८ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८.१८ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर २.७२ प्रतिशतमा पुगेको छ ।
Published by NMB Bank Limited on 2080-4-21