काठमाडौँ । वाणिज्य बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर घट्ने क्रम असोजमा पनि जारी रहेको छ। बैंकहरूले सार्वजनिक गरेको असोजको ब्याजदर विवरणअनुसार २० वाणिज्य बैंकमध्ये चार बैंकले भदौको तुलनामा ब्याजदर घटाएका छन् भने १६ बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। यसपटक कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
व्यक्तिगत मुद्दती निक्षेपमा असोजमा सबैभन्दा धेरै ब्याजदर ४.५५ प्रतिशतसम्म रहेको छ। यो दर प्रभु बैंकले १० वर्षभन्दा बढी अवधिको निक्षेपमा दिने भएको हो।
ब्याजदर घटाउनेमा एभरेस्ट, नबिल, स्ट्यान्डर्ड चार्टर्ड र कुमारी बैंक छन्। एभरेस्टले अधिकतम दर ४.०५ प्रतिशतबाट ३.५० प्रतिशतमा झारेको छ भने नबिलले ४.५५ प्रतिशतबाट ४.२५ प्रतिशतमा घटाएको छ।
समग्रमा, व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर भदौको ४.१३६० प्रतिशतबाट घटेर असोजमा ४.०८९६ प्रतिशत कायम भएको छ।
किन घट्दैछ बैंकको निक्षेप ब्याजदर?
निक्षेपको ब्याजदर घट्नुको पृष्ठभूमिमा बैंकिङ प्रणालीमा रहेको तरलता र कर्जाको तुलनात्मक अवस्था महत्वपूर्ण देखिन्छ। नेपाल राष्ट्र बैंकका अनुसार सेप्टेम्बर १० अर्थात भदौ २५ सम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप रु. ८.३३ खर्ब र कुल कर्जा रु. ६ खर्ब पुगेको छ। वाणिज्य बैंकहरूको कर्जा–निक्षेप अनुपात ७१.४८ प्रतिशत रहेको छ।
तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले पछिल्ला दिनमा निक्षेप संकलन उपकरण प्रयोग गरिरहेको छ। भदौ ३१ अर्थात् सेप्टेम्बर १६ मा राष्ट्र बैंकले रु. ६० अर्बको एकमहिने निक्षेप संकलन बोलकबोल गरेको छ। यसअघि सेप्टेम्बर ११ मा रु. ७० अर्बको दुईमहिने निक्षेप संकलन पनि गरेको थियो।
यसरी हेर्दा बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तारको अवस्था र राष्ट्र बैंकको तरलता व्यवस्थापनले बैंकहरूको निक्षेप लागत घटाउने वातावरण बनाउन सहयोग गरेको देखिन्छ। यद्यपि, कुन बैंकले ब्याजदर किन घटायो भन्ने निर्णय बैंकको आफ्नै निक्षेप संरचना, कर्जा माग, तरलता अवस्था र कोषको लागतमा पनि निर्भर हुन्छ।
२० वाणिज्य बैंकको असोजमा लागू हुने व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
|
बैंक |
भदौको ब्याजदर % |
असोजको ब्याजदर % |
अन्तर |
|---|---|---|---|
|
४.१५ |
४.१५ |
०.०० |
|
|
३.८५ |
३.८५ |
०.०० |
|
|
४.०५ |
३.५० |
-०.५५ |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
३.७६ |
३.७३ |
-०.०३ |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
४.५५ |
४.२५ |
-०.३० |
|
|
४.१५ |
४.१५ |
०.०० |
|
|
४.१० |
४.१० |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५५ |
४.५५ |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
३.७६ |
३.७६ |
०.०० |
|
|
३.८० |
३.७५ |
-०.०५ |



