कुमारी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ९५ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१४ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ५७ करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८४ करोड ८३ लाख ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा बढेर ४.७७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको कर्जा लगानी ७७.३५ प्रतिशत बढेको छ।
| Financial Ratios | Q4 Report (FY 2079/80) | Q4 Report (FY 2078/79) |
|---|---|---|
| Distributable Profit | (848,306,972) | 1,872,567,427 |
| Earning Per Share | Rs. 7.46 | Rs. 19.27 |
| P/E Ratio | 22.12 | 9.92 |
| Net Worth Per Share | Rs.140.47 | Rs.144.01 |
| Liquidity Ratio | 24.29% | 24.81% |
Published by Kumari Bank Ltd (KBL) on 2080-4-21
View More by Kumari Bank Ltd (KBL)