काठमाडौँ । वाणिज्य बैंकहरूले मंसिर २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदरअनुसार सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ सबैभन्दा बढी ४.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ। अर्कोतर्फ, कुमारी बैंकले सबैभन्दा कम ३.६१ प्रतिशत ब्याजदर कायम गरेको छ।
समग्रमा, २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कार्तिकमा ४.०१३० प्रतिशत रहेकोमा मंसिरमा घटेर ३.९०६० प्रतिशत कायम भएको छ। यसअनुसार एक महिनामा औसत ब्याजदर ०.१०७० प्रतिशत बिन्दुले घटेको छ।
मंसिरमा ६ वटा बैंकले ब्याजदर घटाएका छन् भने १४ वटा बैंकले अघिल्लो महिनाकै दरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
कार्तिकमा सबैभन्दा बढी ४.५० प्रतिशत ब्याजदर दिने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकमध्ये सानिमा बैंकले मात्र उक्त दरलाई निरन्तरता दिएको छ। एनएमबी बैंकले ४.५० प्रतिशतबाट घटाएर ४.२५ प्रतिशत कायम गरेको छ भने माछापुच्छ्रे बैंकले ४.५० प्रतिशतबाट १ प्रतिशत बिन्दुले घटाएर ३.५० प्रतिशत तोकेको छ। यो मंसिरमा भएको सबैभन्दा ठूलो कटौती हो।
कृषि विकास बैंकले कार्तिकको ४.१५ प्रतिशतबाट ०.५० प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशत कायम गरेको छ। लक्ष्मी सनराइज बैंकले ४ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत कायम गरेको छ। त्यस्तै, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६५ प्रतिशत र कुमारी बैंकले ३.७० प्रतिशतबाट घटाएर ३.६१ प्रतिशत तोकेका छन्।
प्रभु बैंक र एनएमबी बैंक दुवैको ब्याजदर ४.२५ प्रतिशत कायम छ। प्रभु बैंकले कार्तिककै ४.२५ प्रतिशतलाई निरन्तरता दिएको हो। नेपाल बैंकले ४.१५ प्रतिशतलाई निरन्तरता दिएको छ।
ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल एसबीआई बैंकले मंसिरमा पनि ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
सिटिजन्स बैंकले ३.८५ प्रतिशत, सिद्धार्थ बैंकले ३.७६ प्रतिशत, एभरेस्ट बैंक र नबिल बैंकले ३.७५ प्रतिशत तथा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३.७० प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
यसरी कार्तिकको तुलनामा मंसिरमा अधिकांश बैंकको ब्याजदर स्थिर रहेको देखिन्छ भने ६ बैंकले ब्याजदर घटाएका छन्। व्यक्तिगत मुद्दती निक्षेपमा प्राप्त हुने वास्तविक ब्याजदर निक्षेपको अवधि तथा बैंकका सर्तअनुसार फरक हुन सक्ने भएकाले निक्षेप राख्नुअघि सम्बन्धित बैंकको आधिकारिक ब्याजदर विवरण हेर्नु उपयुक्त हुन्छ।
२० वाणिज्य बैंकको कार्तिकमा लागू हुने व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
|
वाणिज्य बैंक |
कार्तिक |
मंसिर |
फरक |
|---|---|---|---|
|
सानिमा |
४.५० |
४.५० |
० |
|
एनएमबी |
४.५० |
४.२५ |
▼ -०.२५ |
|
प्रभु |
४.२५ |
४.२५ |
० |
|
नेपाल |
४.१५ |
४.१५ |
० |
|
ग्लोबल आईएमई |
४.०० |
४.०० |
० |
|
हिमालयन |
४.०० |
४.०० |
० |
|
एनआईसी एशिया |
४.०० |
४.०० |
० |
|
प्राइम कमर्सियल |
४.०० |
४.०० |
० |
|
राष्ट्रिय वाणिज्य |
४.०० |
४.०० |
० |
|
नेपाल एसबीआई |
४.०० |
४.०० |
० |
|
सिटिजन्स |
३.८५ |
३.८५ |
० |
|
सिद्धार्थ |
३.७६ |
३.७६ |
० |
|
लक्ष्मी सनराइज |
४.०० |
३.७५ |
▼ -०.२५ |
|
एभरेस्ट |
३.७५ |
३.७५ |
० |
|
नबिल |
३.७५ |
३.७५ |
० |
|
नेपाल इन्भेस्टमेन्ट मेगा |
३.७० |
३.७० |
० |
|
कृषि विकास |
४.१५ |
३.६५ |
▼ -०.५० |
|
स्ट्यान्डर्ड चार्टर्ड |
३.७० |
३.६५ |
▼ -०.०५ |
|
कुमारी |
३.७० |
३.६१ |
▼ -०.०९ |
|
माछापुच्छ्रे |
४.५० |
३.५० |
▼ -१.०० |
|
औसत |
४.०१३० |
३.९०६० |
▼ -०.१०७० |
नोट: दर सम्बन्धित बैंकको व्यक्तिगत (रेमिट्यान्स बाहेक) मुद्दती निक्षेपको उच्चतम अवधिको हो। वास्तविक दर अवधि र बैंकका सर्तअनुसार फरक हुन सक्छ।








