सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब १९ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
सूचना अनुसार बैंकको वितरणयोग्य मुनाफा ७९ करोड ५७ लाख रुपैयाँ रहेको छ। यस अनुसार बैंकको प्रतिशेयर ५ रुपैयाँ ६५ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ५.६५ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।
Financial Ratios | Q4 Report (FY 2079/80) | Q4 Report (FY 2078/79) |
---|---|---|
Earning Per Share | Rs.22.64 | 25.71 |
P/E Ratio | 11.17 | 11.79 |
Net Worth Per Share | Rs.180.73 | Rs.174.98 |
Total Assets Value Per Share | Rs.2,030.68 | Rs.2,110.74 |
Liquidity Ratio | 30.95% | 21.51% |
Published by Siddhartha Bank on 2080-4-19