काठमाडौँ । वाणिज्य बैंकहरूले कार्तिक २०८३ का लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सार्वजनिक ब्याजदरअनुसार एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेप तर्फ सबैभन्दा बढी ४.५० प्रतिशत ब्याजदर प्रस्ताव गरेका छन्। अर्कोतर्फ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक र कुमारी बैंकले सबैभन्दा कम ३.७० प्रतिशत ब्याजदर कायम गरेका छन्।
समग्रमा, २० वाणिज्य बैंकको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोजमा ४.०८९६ प्रतिशत रहेकोमा कार्तिकमा घटेर ३.९८५५ प्रतिशत कायम भएको छ। यसअनुसार एक महिनामा औसत ब्याजदर ०.१०४१ प्रतिशत बिन्दुले घटेको छ।
कार्तिकमा सबैभन्दा बढी ब्याजदर दिने एनएमबी बैंक, माछापुच्छ्रे बैंक र सानिमा बैंकले असोजमा पनि ४.५० प्रतिशत ब्याजदर कायम गरेका थिए। यी तीन बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।
प्रभु बैंकले भने असोजमा व्यक्तिगत मुद्दती निक्षेपमा ४.५५ प्रतिशत ब्याजदर दिएकोमा कार्तिकका लागि घटाएर ४.२५ प्रतिशत कायम गरेको छ। त्यस्तै, नेपाल बैंक र कृषि विकास बैंकले असोजकै ४.१५ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्।
ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, एनआईसी एशिया बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय वाणिज्य बैंकले कार्तिकमा ४ प्रतिशत ब्याजदर कायम गरेका छन्। नेपाल एसबीआई बैंकले भने असोजको ४.१० प्रतिशतबाट घटाएर ४ प्रतिशत कायम गरेको छ।
सिटिजन्स बैंकले ३.८५ प्रतिशत र सिद्धार्थ बैंकले ३.७६ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन्। नबिल बैंकले असोजको ४.२५ प्रतिशतबाट घटाएर ३.७५ प्रतिशत ब्याजदर कायम गरेको छ।
एभरेस्ट बैंकले भने असोजमा ३.५० प्रतिशत रहेको ब्याजदर बढाएर कार्तिकमा ३.७५ प्रतिशत पुर्याएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले असोजको ४.५० प्रतिशतबाट घटाएर ३.७० प्रतिशत कायम गरेको छ। कुमारी बैंकले पनि ३.७३ प्रतिशतबाट घटाएर ३.७० प्रतिशत ब्याजदर तोकेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकले असोजको ३.७५ प्रतिशतबाट घटाएर ३.७० प्रतिशत कायम गरेको छ।
यसरी असोजको तुलनामा कार्तिकमा अधिकांश बैंकको ब्याजदर स्थिर वा घटेको देखिन्छ भने एभरेस्ट बैंकले ब्याजदर बढाएको छ। व्यक्तिगत मुद्दती निक्षेपमा प्राप्त हुने वास्तविक ब्याजदर निक्षेपको अवधि तथा बैंकका सर्तअनुसार फरक हुन सक्ने भएकाले निक्षेप राख्नुअघि सम्बन्धित बैंकको आधिकारिक ब्याजदर विवरण हेर्नु उपयुक्त हुन्छ।
२० वाणिज्य बैंकको कार्तिकमा लागू हुने व्यक्तिगत मुद्दतीमा कुन बैंकको ब्याजदर कति ?
|
बैंक |
कार्तिकको ब्याजदर % |
असोजको ब्याजदर % |
अन्तर |
|---|---|---|---|
|
४.१५ |
४.१५ |
०.०० |
|
|
३.८५ |
३.८५ |
०.०० |
|
|
३.७५ |
३.५० |
+०.२५ |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
३.७० |
४.५० |
-०.८० |
|
|
३.७० |
३.७३ |
-०.०३ |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
३.७५ |
४.२५ |
-०.५० |
|
|
४.१५ |
४.१५ |
०.०० |
|
|
४.०० |
४.१० |
-०.१० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.२५ |
४.५५ |
-०.३० |
|
|
४.०० |
४.०० |
०.०० |
|
|
४.५० |
४.५० |
०.०० |
|
|
३.७६ |
३.७६ |
०.०० |
|
|
३.७० |
३.७५ |
-०.०५ |






