• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

ग्लोबल आइएमई बैंक खुद नाफामा ४६.२६ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा मात्रै करिब ३ अर्ब - Q4 -

ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४६.२६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ९५ करोड ९२ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९५ करोड ६९ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ २७ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८.२७ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ५३.९३ प्रतिशत र कर्जा लगानी ३८.०९ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा बढेर ३.१२ प्रतिशतमा पुगेको छ ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 2,956,956,000 3,239,226,000
Earning Per Share Rs. 20.77 Rs. 21.88
P/E Ratio 8.96 11.49
Net Worth Per Share Rs.164.05 Rs.156.11
Liquidity Ratio 30.34% 23.55%
ग्लोबल आइएमई बैंक खुद नाफामा ४६.२६ प्रतिशतले वृद्धि, वितरणयोग्य मुनाफा मात्रै करिब ३ अर्ब - Q4 -

Published by Global IME Bank on 2080-4-21



View More by Global IME Bank

  • Laxmi Sunrise Bank Ad