• NABIL Bank Ads

Download Print

लक्ष्मी सनराइज बैंकको खुद नाफामा ४९.४५ % ले वृद्धि, निक्षेप तथा कर्जा लगानी १०० प्रतिशतभन्दा माथी -

मर्जर पश्चात लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २ अर्ब २६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४९.४५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ  खुद नाफा कमाएको थियो।

असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९३ करोड ७१ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ८ रुपैयाँ ९४ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ११२.३० प्रतिशत बढेको छ भने कर्जा लगानी १००.१३ प्रतिशत बढेको छ।

Financial Ratios Q4 Report (FY 2079/80) Q4 Report (FY 2078/79)
Distributable Profit 1,937,131,000 1,200,804,000
Earning Per Share Rs. 19.44 Rs. 13.88
P/E Ratio 8.90 14.33
Net Worth Per Share Rs.173.55 Rs.147.69
Liquidity Ratio 26.22% 21.88%
लक्ष्मी सनराइज बैंकको खुद नाफामा ४९.४५ % ले वृद्धि, निक्षेप तथा कर्जा लगानी १०० प्रतिशतभन्दा माथी -

Published by Laxmi Sunrise Bank on 2080-4-21



View More by Laxmi Sunrise Bank

  • Laxmi Sunrise Bank Ad