नेपाल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको सूचना प्रकाशित गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.७० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर ६ रुपैयाँ ६२ पैसा नाफा वितरण गर्न सक्ने क्षमता रहेको छ। अर्थात बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको सूचनामा उल्लेख गरिएको छ।
| Financial Ratios | Q4 Report (FY 2079/80) | Q4 Report (FY 2078/79) |
|---|---|---|
| Distributable Profit | 973,363,896 | 3,422,196,158 |
| Earning Per Share | 33.22 | 22.67 |
| P/E Ratio | 10.72 | 13.14 |
| Net Worth Per Share | Rs.248.94 | Rs.248.42 |
| Return on Assets | Rs.1.15% | Rs.1.37% |
| Liquidity | 33.49% | 22.98% |
Published by Nepal Bank Limited on 2080-4-20
View More by Nepal Bank Limited