हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ३६ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
असार मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ७१ करोड १४ लाख ऋणात्मक रहेको छ। विवरण अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण गर्न सक्ने क्षमता शून्य (o) रहेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप ६३.४७ प्रतिशत बढेको छ भने कर्जा लगानी ५६.४२ प्रतिशत बढेको छ।छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.५९ प्रतिशतबाट बढेर ४.५७ प्रतिशत पुगेको छ ।
Financial Ratios | Q4 Report (FY 2079/80) | Q4 Report (FY 2079/79) |
---|---|---|
Distributable Profit | (711,469,409) | 2,567,793,837 |
Earning Per Share | 19.19 | 19.14 |
P/E Ratio | 11.09 | 15.63 |
Net worth per share | Rs. 165.58 | Rs. 170.50 |
Liquidity Ratio | 27.38% | 23.48% |
Published by Himalayan Bank Ltd on 2080-4-21
View More by Himalayan Bank Ltd