घट्न थाल्यो बैंकको ब्याजदर, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति पुग्यो ?


  • Himalayan Bank Limited (HBL)
घट्न थाल्यो बैंकको ब्याजदर, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति पुग्यो ?

काठमाडौं, फागुन ३० । वाणिज्य बैंकहरुले चैत्र एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरु मध्य १७ वटा वाणिज्य बैंकहरुले फागुनको तुलनामा चैत्रमा निक्षेपको ब्याजदर घटाएका छन्, एनआइसी एसिया बैंकले ब्याजदर बढाएको छ भने ग्लोबल आइएमई र प्रभु बैंकले फागुन महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएको छन् ।

केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक महिनाका लागि परिवर्तन गर्न नपाइने गरी अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने नियमकारी व्यवस्था छ । सोहि अनुरुप वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर तालिका सार्वजनिक गरेका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिकाले चैत महिनाका लागि निक्षेपको ब्याज घटाएर प्रकाशित गरेका हुन् । हालका दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको अपेक्षा अनुरुप कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति रहेको देखिन्छ ।

फागुन महिनामा २० वटै वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दतीमा औसत ब्याजदर ७.७५ प्रतिशत रहेकोमा चैत महिनाका लागि भने ७.२५ मा झरेको छ । बैंकहरुको नयाँ ब्याजदर अनुसार चैतमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर ८.५४ प्रतिशत र सबै भन्दा कम ५.६६ प्रतिशत रहेको छ । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये एनआईसी एसियाबाहेक सबैले ब्याजदर घटाएका छन् । 

केन्द्रीय बैंकले फागुन १ गतेदेखि पहिलो पटक स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि बैंकहरुले बचतको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गरेका छन् । सोही अनुरुप केन्द्रीय बैंकले यस्तो निक्षेप राखिदिएबापत बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजसमेत दिने गरेको छ । एसडीएफभन्दा तल ब्याज दिनेले यो सुविधा नपाउनृे नियमकारी व्यवस्था रहि आएको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । बचतको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्ने र ऋणीले कम ब्याजरमा कर्जा पाउँछन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ। केन्द्रीय बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले कम गरी तय गर्न पाउने व्यवस्था गरेको छ । पहिले यसको सीमा २ प्रतिशत विन्दु थियो। त्यस्तै रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ।

हेर्नुहोस् वाणिज्य बैंकहरुको चैत्र १ गतेबाट लागु हुने नयाँ ब्याजदर, कुन बैंकको  व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर कति ?

बैंकको ब्याजदर सूचना

ब्याजदर (चैत्र)

ब्याजदर (फागुन)

फरक

कृषि विकास बैंक

५.६६%

६.४४३%

-०.७८३%

नेपाल बैंक 

७%

७.२५%

-०.२५%

सिटिजन्स बैंक

७.७५%

८.२५%

-०.५%

एनआइसी एशिया बैंक 

८.५४८%

८%

०.५४८%

कुमारी बैंक

७.५१%

८.०१%

-०.५%

ग्लोबल आइएमई बैंक  

७.६%

७.६%

०%

सानिमा बैंक 

७.२५%

७.५१%

-०.२६%

प्राइम कमर्सियल बैंक

७.२५%

७.४%

-०.१५%

नबिल बैंक

७.२५%

७.७५%

-०.५%

लक्ष्मी सनराइज बैंक 

७.५%

८%

-०.५%

एभरेष्ट बैंक  

६.५%

८%

-१.५%

प्रभु बैंक

७.५%

७.५%

०%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

७%

८%

-१%

राष्ट्रिय वाणिज्य बैंक

७%

७.३५%

-०.३५%

एनएमबि बैंक

७%

८.५%

-१.५%

हिमालयन बैंक

७.५%

८.१५%

-०.६५.%

सिद्धार्थ बैंक 

७.५%

८%

-०.५%

नेपाल एसबीआई बैंक

७.०१%

८.१%

-१.०९%

 माछापुच्छ्रे बैंक

७.७५%

८%

-०.२५%

स्ट्यान्डर्ड चार्टर्ड बैंक

७%

७.३५%

-०.३५%

 

___Read More News________________

वित्तीय साक्षरता र ग्राहक संरक्षण सुदृढ गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ – गभर्नर

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society

सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक

कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

फाइनान्सियल नोटिसेस एपमा वित्तीय क्यालेन्डर, मिटिङ रिमान्डरका साथै बैंकमा गुनासो गर्ने सुविधा

क्रिप्टोकरेन्सीमा लगानी किन जोखिमपूर्ण ?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDCs) नै किन ?