क्षेत्रीय स्तर वालिङ स्याङ्जा जिल्लाबाट २०६४ सालमा औपचारिक कारोबार सुरु गरी २०७२ सालमा राष्ट्रिय स्तरमा स्तरोन्नति भएको गरिमा विकास बैंकले कृषि तथा लघुवित्त उद्यमीहरुसँग काम गर्दै ग्राहकमाझ भरपर्दो र विश्वासिलो बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले समायानुकूल ग्राहकको आवश्यकतासँगै आफ्ना सेवाहरुमा उच्चतम प्रविधिको प्रयोग गरी साक्षरताका कार्यक्रममार्फत् आफ्ना सेवा सुविधाहरुलाई प्रभावकारी बनाउने गरेको छ ।
गरिमा विकास बैंकको वित्तीय साक्षरता कार्यक्रममसँग सम्बन्धित रहेर बैंकको वित्तीय सेवासुविधा, प्रभावकारिता, डिजिटल साक्षरता र दिगो बैंकिङ विषयमा “वित्तीय साक्षरता” आर्थिक मासिकका लागि बैंकका सिइओ गोविन्द प्रसाद ढकालसँग गरिएको कुराकानीको सारसंक्षेप :
गरिमा विकास बैंकले आफ्ना ग्राहक र सर्वसाधारणमा वित्तीय साक्षरता प्रवद्र्धनमा के – कस्ता पहलहरु गर्दै आएको छ ?
गरिमा विकास बैंकले स्थापनकालदेखि नै ग्रामीण क्षेत्रहरुमा केन्द्रित बैंकिङ पहुँच नै नपुगेका ठाउँहरुमा काम गर्यौँ । अहिले पनि हाम्रो प्रमुख प्राथमिकता भनेको ग्रामीण भेगहरु जहाँ बैंकका शाखाहरु नै नपुगेका ठाउँहरु नै प्राथमिकतामा पर्ने गरेका छन् । वित्तीय पहुँचबाट बाहिर रहेका समुदायका मानिसहरु केिन्द्रत रहेर वित्तीय सेवा प्रवाह गरिराखेका छौँ ।
हामीले हरेक समुदायमा गएर बैंक भनेको के हो ? बैंकमा खाता खोली बैंकसँग किन कारोबार गर्ने? बैंकसँग कारोबार गर्दा के फाइदा हुन्छ? किन बैंकसँग नै ऋण लिनु पर्छ ? किन डिजिटल बैंकिङ प्रयोग गर्ने जस्ता अति सामान्य कुरादेखि हरेक वर्ग, उमेर समूह केन्द्रित साक्षरताका कार्यक्रमहरु गर्दै आएका छौँ ।
हामीले ग्राहक केन्द्रित वित्तीय साक्षरताका कार्यक्रमहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सातै प्रदेशमा गएर त्यहाँका विभिन्न स्थानीय सरकार, क्लब, समुदाय, आमा समूहहरुसँगको सहकार्यमा गर्ने गरेका छौँ ।
पछिल्लो समय वित्तीय साक्षरताका कार्यक्रमहरु ग्रामीण समुदायमा मात्र नभई सहरी इलाकाहरुमा पनि गर्ने गरेका छौँ । कतिपय जनप्रतिनिधिहरुलाई समेत बैंक तथा वित्तीय संस्थाबारे सामान्य जानकारी नभएको अवस्था पनि छ । हामीले गर्ने कार्यक्रमहरु समय र ग्राहकको माग अनुसार डिजिटल लिटरेसीतर्फ पनि फोकस गरी गर्ने गरेका छौँ । हामीले गरेका कार्यक्रमको राम्रो प्रतिक्रिया पनि पाएका छौँ ।
हामीले ग्राहक केन्द्रित वित्तीय साक्षरताका कार्यक्रमहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म सातै प्रदेशमा गएर त्यहाँका विभिन्न स्थानीय सरकार, क्लब, समुदाय, आमा समूहहरुसँगको सहकार्यमा गर्ने गरेका छौँ।
यो आर्थिक वर्षमा हामीले पहिलाभन्दा फरक ढङ्गले विभिन्न उद्योग वाणिज्य सङ्घहरुको सहकार्यमा विभिन्न समुदायका प्रमुखहरुसँगको सहकार्य कार्यक्रम गर्नका लागि कोर्स अफ कन्टेन्ट नै बनाइसकेका छौँ ।
साना तथा मझौला व्यवसाय गर्नेहरुलाई कसरी कम्पनी दर्ता गर्ने, के हुन्छ कानुनी प्रावधानहरु, किन भ्याट विजक जारी गर्नुपर्छ, एकाउन्टिङ कसरी राख्ने, मिटर ब्याजमा किन पैसा लिनु हुँदैन, हुन्डी कारोबार गैरकानुनी हो, यस्तो गर्दा कानुनी कारबाही हुन्छ, चेकको किन प्रयोग गर्ने, नगदमा कारोबार गर्दा के हुन्छ ? भन्ने जस्ता विषयहरुलाई वित्तीय साक्षरतासँग जोडेर यही आर्थिक वर्षमा काम गर्ने तयारी पनि गरिसकेका छौँ ।
सिएसआरमा गरिने खर्च कसरी उत्पादनमूलक बनाउने भनेर पनि काम गरिराखेका छौँ । राष्ट्र बैंकले जारी गरेको वित्तीय साक्षरता मार्गदर्शन २०२२ अनुरुप नै सम्बन्धित क्षेत्र समुदाय लक्षित हाम्रा साक्षरताका कार्यक्रम गर्ने गरेका छौँ । हामीले गर्ने साक्षरताका कर्यक्रमले भरपुर मात्रामा बैंकिङ जनकारी दिन सकियोस् भन्ने हो ।
गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूलाई प्रदान गर्ने विभिन्न वित्तीय उत्पादन तथा सेवाहरूबारे कसरी जानकारी प्रदान गरिराखेको छ?
गरिमा विकास बैंकले गर्ने वित्तीय साक्षरताको उद्देश्य भनेको नै हाम्रा ग्राहकहरुलाई प्रभावकारी रुपमा हाम्रा वित्तीय सेवा सुविधाको जानकारी साथै समग्र बैंकले के के कुराहरु बिक्री गर्दछ, त्यसको प्रयोग कसरी गर्ने, के फाइदा हुन्छ भनेर र त्यसको दुरुपयोग गर्दा के के कानुनी सजाय भोग्नुपर्छ भन्ने हिसाबले हामीले सचेतना गर्ने गरेका छौँ । हाम्रा वित्तीय सेवा सुविधाहरुको बढीभन्दा बढी कसरी ग्राहकहरुले उपभोग गर्दा फाइदा लिन सक्दछन् भनेर प्रडक्ट अवेरनेसको काम पनि गर्ने गरेका छौँ ।
साना तथा मझौला व्यवसायीदेखि ठुला ठुला उद्यमीहरुको व्यवसायको प्रकृति, भोलुम लगायतका सबै कुराहरुलाई ध्यानमा राखेर हामीले कर्यक्रमहरु गर्ने गदैछौँ । गरिमा विकास बैंकले फरक फरक व्यवसाय गर्ने प्रकृतिका उद्यमी, विद्यार्थी, आमा समूह जस्ता रहेर वर्ग उमेर समुदायका मानिसका लागि छुट्टा छुट्टै वित्तीय साक्षरतातको पाठ्यक्रम नै निर्माण गरेको छ ।
गरिमा विकास बैंकले फरक फरक व्यवसाय गर्ने प्रकृतिका उद्यमी, विद्यार्थी, आमा समूहजस्ता रहेर वर्ग उमेर समुदायका मानिसका लागि छुट्टा छुट्टै वित्तीय साक्षरताको पाठ्यक्रम नै निर्माण गरेको छ ।
अर्को भनेको हामीले मोबाइल बैंकिङ, मोबाइल एप, पासवर्ड, ओटिपी, क्रेडिट कार्ड, डेविट कार्ड क्युआर कोड भनेको के हो ? यसले कसरी काम गर्छ ? Anti-Money Laundering / Countering the Financing of Terrorism (AML/CFT) भनेको के हो ? यसको अनधिकृत प्रयोग नगर्न वा विभिन्न साइबर हमला स्क्यामिङहरुबाट जोगिन, सुरक्षित हुन के गर्ने भन्ने विषयमा पनि विद्यार्थी, अविभावक, समुदाय, कृषक, उद्यमी तथा व्यवसायीहरुलाई जानकारी गराउने गरेका छौँ ।
हाम्रा बचत खाताहरुबाट लाभ लिने कुरा, कर्जा लिन सकिने सुविधा, धितो, भुक्तानी प्रक्रिया, मोबाइल बैंकिङ र अनलाइन बैंकिङ कारोबार गर्दाका फाइदा, दुरुपयोगबाट बच्ने उपाय सतर्कताका बारेमा जानकारी दिइरहेका छौँ ।
कतिपय अवस्थामा ठूला उद्यम गर्ने व्यवसायीहरुमा पनि फिक्स रेटको विषयमा दुविधा रहेको पाइएको छ, उहाँहरुमा बेस रेट पल्स प्रिमियमलाई नै फिक्स रेट भन्ने बुझाइ छ यस्ता यावत कुराहरुमा हामीले सूक्ष्म रुपमा अध्ययन गरेर त्यसको समाधान हुने हिसाबले कार्यक्रमहरु तयार गर्ने गरेका छौँ ।
डिजिटल बैंकिङको बढ्दो महत्त्वसँगै गरिमा विकास बैंकले आफ्ना ग्राहकहरूलाई अनलाइन र मोबाइल बैंकिङ सेवाहरू प्रभावकारी रूपमा प्रयोग गर्न आवश्यक डिजिटल साक्षरता कसरी गरिरहेको छ?
अहिले हामीले डिजिटल बैंकिङलाई बढावा दिने हिसाबले हाम्रा अधिकांश वित्तीय सेवाहरु उत्पादन गरी ग्राहकमाझ लाने गरेका छौँ । हामीले उत्पादन गरेका वित्तीय प्रडक्टहरुमा ग्राहकमैत्री प्रविधिको प्रयोग गर्ने प्रयास गरि नै राखेका छौँ । अझ हामीले त डिजिटल वित्तीय सेवाको जानकारी, प्रयोग, लाभ, हानी नोक्सानी जस्ता विषयहरुमा ग्राहकहरुलाई प्रविधिमैत्री ढङ्गले अगाडि बढाउनका लागि यस वर्षको बजेटमा नै प्रविधिमा लगानी बढाएका छौँ ।
एक त हामी कहाँ बैंकहरुको पनि कमजोरी छ, ग्राहकरुलाई खाता खोल्ने समयमा नै राम्रोसँग साधारण बैंकिङको विषयमा जानकार गर्न सकेका थियौँ भने आज रिजल्ट पनि त्यही किसिमले आइसकेको हुन्थ्यो । पछिल्लो समय बैंक वित्तीय संस्थाहरुमा आन्तरिक र बाह्य दुवै रुपमा म्यासेज डेलिभरीको सवालमा प्रभावकारिता नभएको हो कि भन्ने महसुस गरेका छौँ ।
हामी नेपालीहरु जो कोहीमा पनि बसी बसी पैसा आउँछ भन्ने भ्रमको नै अन्त्य गर्न जरुरी देख्छु । पछिल्ला समयका अधिकांश बैंकिङ फर्डका घटनाहरु आर्थिक प्रलोभनकै कारणले पासवर्ड, ओटिपी, खाता नं., नागरिकता नं. सेयरसँग नै सम्बन्धित छन् ।
अर्को त हामी नेपालीहरु जो कोहीमा पनि बसी बसी पैसा आउँछ भन्ने भ्रमको नै अन्त्य गर्न जरुरी देख्छु । पछिल्ला समयका अधिकांश बैंकिङ फर्डका घटनाहरु आर्थिक प्रलोभनकै कारणले पासवर्ड, ओटिपी, खाता नं., नागरिकता नं. सेयरसँग नै सम्बन्धित छन् । यस विषयमा हामीले फरक ढङ्गले डिजिटल साक्षरता गर्नुपर्ने आवश्यकता देखिन्छ ।
बैंक तथा वित्तीय संस्थाहरुले डिजिटल वित्तीय सेवाहरु प्रभाव गर्ने समयमा नै त्यसको फाइदा र जोखिमको विषयमा भरपुर मात्रामा जानकारी गराउनुपर्ने देखिन्छ । यस विषयमा बैंक वित्तीय संस्थाहरु नै चुकेको अवस्था छ ।
केही कानुनी प्रावधानहरु पनि परिवर्तन गर्नुपर्ने देखिन्छ । जस्तो फर्ड स्क्यामिङको केसमा भिक्टिम व्यक्ति नै सिआइबीको कठघरामा बसेर आफ्ना कुराहरु राख्नुपर्र्ने अवस्था छ । यी र यस्तै कुराहरुमा गरिमा विकास बैंक सचेत छ र सोही अनुरुप हामी साक्षरताका कार्यक्रम प्रभावकारी बनाउँदै लगिराखेका छौँ ।
बैंकहरुले गर्ने साक्षरता कार्यक्रमहरु प्रभावकारी भएनन्, क्षणिक भए, दिगो बैंकिङको अभ्यास नै गरिएन भन्ने गरिन्छ नि, यस विषयमा यहाँको धारणा के छ ?
पक्कै पनि अहिलेको समयमा पनि विकास बैंकको सवालमा हेर्नुहुन्छ भने ९० देखि ९५ प्रतिशत लगानी धितो राखेर नै हुने गर्दछ । वाणिज्य बैंकहरुको पनि झन्डै ८० प्रतिशतकै हाराहारीमा धितो राखेर नै कर्जा प्रभाव गर्ने परिपाटी छ। जबसम्म बैंक वित्तीय संस्थाहरुले पोजेक्टवेसमा रहेर लगानी गर्दैनौ हाम्रो बैंकिङ पुरानै ढर्रामा चल्नकै लागि चलिरहन्छ । यसले दिगो बैंकिङमा कुनै किसिमका पक्षहरुलाई अँगाल्दैन।
नेपाली बैंकिङ कल्चर नै सम्पत्ति, घरजग्गा धितो राखेर कर्जा दिँदा सुरक्षित भइन्छ भन्ने परम्परागत प्रणालीमा आधारित छ । पोलिसी नै त्यस्तै छ, बैंक वित्तीय संस्थाहरुले चाहेर पनि नीतिगत कारणले कतिपय काम गर्न मिल्ने अवस्था छैन ।
नेपाली युवाहरुकै सवालमा मात्र कुरा गर्ने हो भने पनि जोसँग इनोभेटिभ आइडियाहरु छ, जोश जाँगर छ तर सम्पत्ति छैन्, जोसँग सम्पत्ति छ तर आइडिया छैन । अब यस्ता व्यक्तिहरुले त ऋण नपाउने नै भयो । अझ विकास बैंकको सवालमा त हामीलाई नियमकारी बाध्यता नै कतिपय पोजेक्टहरुमा लगानी नै गर्न नपाइने व्यवस्था छ ।
यस्ता कुराहरुमा समय प्रविधि विकासक्रम अनुसार नीतिगत तवरमा नै आउँदाखेरि अबको बैंकिङ प्रभावकारी हुन्छ । सजिलो बाटो हुँदाहुँदै अप्ठ्यारो बाटो त कोही हिँड्न चाहँदैन, त्यसकारण नेपाली बैंकिङ कल्चर नै सम्पत्ति, घरजग्गा धितो राखेर कर्जा दिँदा सुरक्षित भइन्छ भन्ने परम्परागत प्रणालीमा आधारित छ ।
पोलिसी नै त्यस्तै छ बैंक वित्तीय संस्थाहरुले चाहेर पनि नीतिगत कारणले कतिपय काम गर्न मिल्ने अवस्था छैन।
अबको पाटो भनेको दिगो बैंकिङ नै हो, जस्तो ग्रिन फाइनान्सिङका कुराहरु पनि आइरहेका छन्, यसको लागि वित्तीय साक्षरता समावेशिता शिक्षाका साथै नीति नियमको पनि परिमार्जनको खाँचो देखिन्छ । धनी र गरिब बिचको खाडल झन् बढेर जाने अवस्थाको सिर्जना भएको छ । अब पनि बैंक वित्तीय संस्थाको कार्यशैली परिवर्तन भएन भने हामीले सफलता पनि पाउँदैनौँ ।
नेपालमा वित्तीय साक्षरता अभिवृद्धि गर्न बैंकहरुले के कस्ता विशेष कार्यक्रम वा अभियान ल्याउनुपर्ला ?
अबको वित्तीय साक्षरता कार्यक्रम विभिन्न वर्ग नै छुट्याएर भिन्दा भिन्दै तरिकाले गर्नुपर्ने आवश्यकता देखिन्छ । जस्तो उमेर समूह, सामुदायिक वर्ग, शिक्षाको तहका अभिभावक, विद्यार्थी, उद्यमी, किसान, महिला, बालबालिका, विभिन्न पेसा व्यवसायीहरुलाई वर्ग नै छुट्याएर कसलाई कुन किसिमको वित्तीय साक्षरता दिने भन्ने खालको कार्यक्रम ल्याउनु पर्ने आवश्यकता छ ।
बैंक वित्तीय संस्थाहरुले पनि छुट्टाछुट्टै समयमा एकै प्रकृतिका साक्षरताका कार्यक्रमहरुभन्दा एक आपसमा संयुक्त रुपमा समुदाय र ग्राहकप्रति साँच्चै नै उत्तरदायी भएर समयको माग वर्गअनुसार साक्षरताको कार्यक्रम गर्नु पर्दछ ।
बैंक वित्तीय संस्थाहरुले पनि भिन्दा भिन्दै समयमा एकै प्रकृतिका साक्षरताका कार्यक्रमहरुभन्दा एक आपसमा संयुक्त रुपमा समुदाय र ग्राहकप्रति साँच्चै नै उत्तरदायी भएर समयको माग, वर्गअनुसार साक्षरताको कार्यक्रम गर्नु पर्दछ । पछिल्लो समय साक्षरता कार्यक्रमको विषयमा नियामक निकाय नेपाल राष्ट्र बैंक पनि एग्रेसिभली लागिरहेको देखिन्छ ।
बैंकहरु आफैँले साक्षरताका काम गर्नेभन्दा पनि सम्बन्धित विषयमा विज्ञता भएका मानिसहरुलाई सामेल गराएर बैंकले फाइनान्सियल पाटो मात्र हेर्ने गरी कार्यक्रम गर्दा प्रभावकारी हुन्छ जस्तो लाग्छ । एउटा पर्टिकुलर बैंकले मात्र गर्ने कार्यक्रममा उक्त बैंकको वित्तीय सेवा सुविधा लगायत सामान्य बैंकिङ जानकारीहरु मात्र समिटिने हुँदा विशेषज्ञता हासिल गरेका व्यक्तिहरुलाई समेटिने हिसाबले थर्ड पार्टीहरुलाई जिम्मा दिँदा वित्तीय साक्षरताका कार्यक्रम प्रभावकारी हुन्छ।
अर्को कुरा स्थानीय निकायका प्रतिनिधिहरुले पनि यस्ता कार्यक्रमको महत्त्व पारदर्शिता र फाइदाको विषयमा सामुदायिक तवरबाट नै सहभागिताका लागि मानिसहरुलाई उत्प्रेरित गर्नुपर्ने आवश्यकता छ। यस्तै तवरले हामीले साक्षरताका कार्यक्रम गर्न सकेको खण्डमा हाम्रा वित्तीय साक्षरताका कार्यक्रम प्रभावकारी बन्ने देखिन्छ ।
-
*वित्तीय साक्षरता आर्थिक मासिक पत्रिकामा प्रकाशित (वर्ष २, दोस्रो अंक (२०८० असोज)
_________Read More_______________