विगत दुई दशकहरूमा, समाज र अर्थतन्त्रका पिछडिएका वर्गहरूलाई वित्तीय सेवाहरूमा पहुँच प्रदान गरी गरिबी घटाउन र समृद्धि बढाउने मुख्य सक्षमकर्ताको रूपमा वित्तीय समावेशीकरण हासिल गर्नु विश्वका धेरै न्यायक्षेत्रहरूमा राष्ट्रिय प्राथमिकताको विषय भएको छ। विश्व बैंकको हालैको सर्वेक्षणअनुसार, विगत सन् २०१० देखि ५५ भन्दा बढी देशहरूले वित्तीय समावेशीकरणका लागि प्रतिबद्धता जनाएका छन् र ६० भन्दा बढीले राष्ट्रिय रणनीतिको रुपमा सुरुवात गरेका छन्। आज, वित्तीय समावेशीकरणलाई बढावा दिँदै उदीयमान बजार र विकासशील अर्थव्यवस्थाहरूमा खुद्रा केन्द्रीय बैंक डिजिटल मुद्राहरू (CBDCs) जारी गर्ने कुराको थालनी भएको छ।
विश्वभरका ८७ देशका केन्द्रीय बैंकहरुले अध्ययन गरिरहेको मुद्रा हो, जुन ११ वटा देशहरुले सुरु गरिसकेका छन्। तर, किन त यसमा यतिका देशहरुले प्राथमिकता साथ चासो र अनुसन्धान गरिराखेका छन् भन्ने प्रश्न सबैको मानसपटलमा उब्जिने प्रश्न हो। आखिर के के छन् त यसका राम्रा र खराब पक्षहरु !
CBDCs: राम्रो पक्ष
केन्द्रीय बैंक डिजिटल मुद्रा (सिबिडिसी) सबैको लागि उपयुक्त मानिन्छ। सिबिडिसिद्वारा खरिद गरिएका चिजहरुमा सहजता र सुरक्षाका साथै गतिशीलता हुने गर्दछ । बचत, लगानी, डेबिट, क्रेडिट लाइनहरु सबै मोबाइलमा नै हुने गर्दछ। जसको लागि एटिएम, क्रेडिट कार्डको प्रयोग गर्नु र नगद बोक्नुपर्ने आवश्यक हुँदैन। हरेका कारोबार तत्काल र सुरक्षित हुने गर्दछ। हरेक कारोबार डिजिटल हुने हुँदा कुनै चेक क्लिएर गर्न वा क्यास डिपोजिट गर्न आवश्यक हुँदैन।
पैसाको कारण हुने आपराधिक घटना न्यूनीकरणमा CBDC को ठूलो भूमिका रहने गर्दछ । यसको प्रयोगले सरकारलाई नोट र सिक्का उत्पादन, भण्डारण गर्न कुनै पनि किसिमको खर्च गर्नु पर्दैन।
तपाईँ हामी जो कोहीले दैनिक आर्थिक लेनदेनका कामहरु उपयुक्त र सुरक्षित तवरले कुनै पनि समयमा जहाँबाट पनि सजिलै गर्न सकिने हुन्छ । तपार्इँलाई नगद बोकेर हिँडडुल गर्न कुनै डर हुँदैन, कसैले थाहा पाउला, चोरी होला भन्ने जोखिम पनि हुँदैन । यसमा तपाईँहरुले प्रयोग गर्ने डेबिट क्रेडिट कार्ड नम्बरहरु हराउला भन्ने डर पनि हुँदैन। हामी पैसाको चोरीबाट हुने हानी नोक्सानीबाट मुक्त हुन्छौँ । यसमा बैंकहरुले डिजिटल लेनदेन ट्रान्जेक्सन मोनिटरिङ/अनुगमन गर्नेछन् ।
पैसाको कारण हुने अपराधिक घटना न्यूनीकरणमा यसको ठूलो भूमिका रहने छ । यसको प्रयोगले सरकारलाई नोट र सिक्का उत्पादन, भण्डारण गर्न कुनै पनि किसिमको खर्च गर्नु पर्दैन । कुनै पनि राष्ट्रलाई शक्तिशाली बनाउने सिबिडिसीको प्रयोग महŒवपूर्ण हुने जानकारहरु बताउँदछन् । यसको प्रयोगले चोरी गर्ने काम पुरानो इतिहास बन्नेछ। कानुन तोड्नेहरूले नगद प्रयोग गर्नको लागि पहुँच गुमाउनेछन् र मनी लान्ड्रिङको आवश्यकता पनि हटेर जानेछ। यसको निरीक्षण तथा सुपरिवेक्षणका लागि सरकारद्वारा हुने गर्दछ। यसको सहयोगले बैंकहरू आजको भन्दा थप अरु ग्राहकहरूमा लेनदेन जानकारी प्रवाह गर्न सक्षम हुनेछन्। व्यक्तिगत र कर्पोरेट करहरू त्रैमासिक प्रत्यक्ष डेबिट हुनेछन् र आयकर छली हट्नेछ। इतिहासकै सबैभन्दा ठूलो अपराधमा कमी आउनेछ।
CBDCs को यो कदमले हरेक देशको केन्द्रीय ढुकुटीको कोषमा बाढी ल्याउनेछ र देशहरु ऋद्यम्ऋक को लागि थप उत्सुक हुनेछन्। यसको प्रयोगले कम कर्मचारीबाट कार्यसम्पादन हुने हुँदा ठूलो खर्च, लागतको बचत हुनुका साथै वित्तीय अपराध र जालसाजीबाट हुने घाटा कम हुनेछ। अब बैंकहरूलाई भौतिक मुद्राको वितरक बन्न आवश्यक छैन।
सबै कारोबारहरुको कम्प्युटरबाट नै निरीक्षण हुने हुँदा ग्राहक सेवा ह्यान्डल पूरै रिमोटको आधारमा चल्ने छ । बैंकहरूले सेफ्टी डिपोजिट बक्सहरू राख्न भल्टहरू आवश्यक पर्दैन।
स–साना कारोबार पनि बैंकहरूबाट डिजिटल रूपमा सम्पादन हुने हुँदा अनावश्यक शुल्क र अप्रत्यक्ष आम्दानीको अवसर प्रदान हुन्छ। यसले सरकारी निकायहरूलाई छिटो र सरल रूपमा रिपोर्टिङ गर्ने वातावरण सिर्जना गर्दछ।
CBDCs : नराम्रो पक्ष
यसको प्रयोगले सर्वसाधारण नागरिक, सरकारहरू र बैंकहरूका लागि सबै समूहका लागि फाइदा त हुन्छ तर ग्राहकले बैंकसँग कारोबार गर्नुको विकल्प हुँदैन।
CBDC ले नयाँ र अद्भुत डिजिटल रुपान्तरणका लागि मानिसहरूको व्यवहारलाई परिवर्तन गर्नेछ। सरकार र बैंकहरू वित्तीय लेनदेनमा आफ्नो प्रभुत्व बढाउने छन्। यदि क्रिप्टोहरू CBDCs लाई बाइपास गर्ने समाधान हुन्यो भने हामीमध्ये धेरैले क्रिप्टोलाई विकल्पको रूपमा देख्नेछौँ र अधिक प्रयोगतर्फ लाग्नेछौँ। अर्कोतर्फ सरकारहरूले क्रिप्टोहरूलाई गैरकानुनी बनाउने भयो भने बैंकहरूले क्रिप्टो प्रयोग गरेको शङ्का गर्नेहरूको खाता होल्ड वा फ्रिज गर्न वा बन्द गर्न सक्छन्।
अन्तमा, तपाईं हाम्रो छनोट नै कठिन हुने सम्भावना रहन्छ। एकातिर, तपाईंले ऋद्यम्ऋक प्रयोग नगरेसम्म तपाईंको दैनिक आर्थिक जीवन समाप्त हुन सक्दछ भने विकल्पको रुपमा क्रिप्टो संसारमा पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय गर्न पुग्नुपर्ने हुन्छ। CBDCs सँग हाम्रो जीवनको धेरै परिवर्तन गर्ने क्षमता छ र यसले स्वतन्त्र व्यक्ति को हो भन्ने परिभाषा पनि परिवर्तन गर्न सक्छ। CBDCs ले सरकारलाई बैंकहरूमार्फत् हाम्रो वित्तीय जीवन नियन्त्रण गर्न सक्षम बनाउन सहयोग गर्दछ।
सरकारले तपाईंलाई कतै यात्रा गर्दा लाग्ने खर्च वा केही वस्तु वा सेवाहरू, वा विशेष व्यापारीहरूसँगको कारोबार गर्न अस्वीकार गर्न सक्दछ ।
सरकारले तपाईंलाई कतै यात्रा गर्दा लाग्ने खर्च वा केही वस्तु वा सेवाहरू वा विशेष व्यापारीहरूसँगको कारोबार गर्न अस्वीकार गर्न सक्दछ । यो हुन सक्छ कि कुनै कानुन तोडिएको छैन, तर तपाईँले मात्र सरकारलाई असन्तुष्टिका लागि काम गर्नुभएको जस्तो देखिन्छ। CBDC ले सरकार र बैंकहरूलाई फेरि एक पटक शक्ति केन्द्रीकृत गर्ने क्षमता दिन सक्दछ।
धेरै छिटो र पूर्ण रूपमा तिनीहरूले मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिने सम्भावना हुन्छ जुन इतिहासमा आजसम्म कहिल्यै भएको थिएन।
*The article was published in the 4th issue of the "Financial Literacy" Economic Monthly Magazine, dated Magsir, 2079 (November/December 2022).