जेष्ठ महिनाका लागि पनि घट्न थाल्यो बैंकको ब्याजदर, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति ?


  • Himalayan Bank Limited (HBL)
जेष्ठ महिनाका लागि पनि घट्न थाल्यो बैंकको ब्याजदर, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति ?

काठमाडौं, वैशाख ३१ गते । वाणिज्य बैंकहरुले जेष्ठ एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरु मध्य ३ वटाले बढाएका छन, ८ वटाले वैशाख महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् भने ९ वटा वाणिज्य बैंकहरुले वैशाखको तुलनामा जेष्ठ महिनामा निक्षेपको ब्याजदर घटाएका छन्।

जेष्ठ महिनाका लागि ब्याजदर बढाउनेमा एनआईसी एसिया बैंक, ग्लोबल आईएमई बैंक र प्रभु बैंक रहेका छन् ।

नेपाल बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, स्टान्डर्ड चार्टर्ड बैंक, कुमारी बैंक, हिमालयन बैंक, माछापुच्छ्रे बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दतीमा दिने अधिकतम ब्याजदर वैशाखकै ब्यजदरलाई निरन्तरता दिएका छन् ।

बाँकी ९ बैंकले ब्याजदर घटाएर प्रकाशित गरेका छन् । एनएमबी बैंक, एभरेस्ट बैंक, नबिल बैंक, सानिमा बैंक, एसबीआई बैंक, सिटिजन्स बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक र सिद्धार्थ बैंकले ब्याजदर घटाएका हुन।

हेर्नुहोस् वाणिज्य बैंकहरुको जेष्ठ १ गतेबाट लागु हुने नयाँ ब्याजदर, कुन बैंकको व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर कति ?

बैंकको ब्याजदर सूचना

ब्याजदर (जेष्ठ)

ब्याजदर (वैशाख)

फरक

कृषि विकास बैंक

६.६६%

६.६६%

०%

नेपाल बैंक 

६.७५%

६.७५%

०%

सिटिजन्स बैंक

७%

७.५०%

-०.५%

एनआइसी एशिया बैंक 

७.८%

७.७५%

+०.०५%

कुमारी बैंक

७.२६%

७.२६%

०%

ग्लोबल आइएमई बैंक  

७.५०%

७%

+०.५०%

सानिमा बैंक 

७%

७.१०%

-०.१०%

प्राइम कमर्सियल बैंक

७.%

७.१०%

-०.१०%

नबिल बैंक

६.७५%

७.२५%

-०.५०%

लक्ष्मी सनराइज बैंक 

७%

७%

०%

एभरेष्ट बैंक  

६.५०%

७%

-०.५०%

प्रभु बैंक

७.५०%

७%

+०.५०%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

७%

७%

०%

राष्ट्रिय वाणिज्य बैंक

६.४०%

६.५५%

-०.१५%

एनएमबि बैंक

७.८०%

७.९७%

-०.१७%

हिमालयन बैंक

७.५०%

७.५०%

०.%

सिद्धार्थ बैंक 

७%

७.२५%

-०.२५%

नेपाल एसबीआई बैंक

६.३९%

६.५३%

-०.१४%

 माछापुच्छ्रे बैंक

७.२५%

७.२५%

०%

स्ट्यान्डर्ड चार्टर्ड बैंक

७%

७%

०%

केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक महिनाका लागि परिवर्तन गर्न नपाइने गरी अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने नियमकारी व्यवस्था छ । सोहि अनुरुप वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर तालिका सार्वजनिक गरेका हुन् ।

अधिकांश बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिकाले जेष्ठ महिनाका लागि निक्षेपको ब्याज घटाएर प्रकाशित गरेका हुन् । हालका दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको अपेक्षा अनुरुप कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति रहेको देखिन्छ ।

केन्द्रीय बैंकले फागुन १ गतेदेखि नै स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि बैंकहरुले बचतको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गर्दै आएका छन् । सोही अनुरुप केन्द्रीय बैंकले यस्तो निक्षेप राखिदिएबापत बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजसमेत दिने गरेको छ । एसडीएफभन्दा तल ब्याज दिनेले यो सुविधा नपाउने नियमकारी व्यवस्था रहि आएको छ ।

त्यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा पाँच प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । बचतको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्ने र ऋणीले कम ब्याजरमा कर्जा पाउँछन् ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाले औषतमा अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ। केन्द्रीय बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले कम गरी तय गर्न पाउने व्यवस्था गरेको छ । पहिले यसको सीमा २ प्रतिशत विन्दु थियो। त्यस्तै रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ।

___Read More News________________

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

वित्तीय साक्षरता र ग्राहक संरक्षण सुदृढ गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ – गभर्नर

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society

सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक

कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

फाइनान्सियल नोटिसेस एपमा वित्तीय क्यालेन्डर, मिटिङ रिमान्डरका साथै बैंकमा गुनासो गर्ने सुविधा

क्रिप्टोकरेन्सीमा लगानी किन जोखिमपूर्ण ?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDCs) नै किन ?