काठमाडौं, चैत्र ३० गते । वाणिज्य बैंकहरुले नयाँ वर्ष २०८१ साल अर्थात वैशाख एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरु मध्य १३ वटा वाणिज्य बैंकहरुले चैत्रको तुलनामा वैशाखमा निक्षेपको ब्याजदर घटाएका छन्, दुई वटाले बढाएका छन भने पाँच वटाले चैत्र महिनाकै ब्याजदरलाई नै निरन्तरता दिएका छन् ।
वैशाख महिनादेखि लागु हुने गरी वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ०.१९ प्रतिशतले घटाएर ब्याजदरको सूचना प्रकाशित गरेका छन् । वाणिज्य बैंकहरूको व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर वैशाख महिनाका लागि औसतमा ७.०६ प्रतिशत कायम हुने उक्त औसत ब्याजदर चैतमा ७.२५ प्रतिशत रहेको छ ।
बैशाख महिनाका लागि ब्याजदर बढाउनेमा एभरेस्ट र एनएमबी बैंक रहेका छन् भने कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर चैत्र महिनाकै ब्यजदरलाई निरन्तरता दिएका छन् ।
बाँकी १३ बैंकहरु माछापुच्छ्रे बैंक, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, सिद्धार्थ बैंक, प्राइम कमर्सियल बैंक, एसबीआई बैंक, एनआईसी एसिया र सिटिजन्स बैंकलेले चैतको तुलनामा वैशाखमा निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन।
केन्द्रीय बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आगामी एक महिनाका लागि परिवर्तन गर्न नपाइने गरी अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने नियमकारी व्यवस्था छ । सोहि अनुरुप वाणिज्य बैंकहरुले आफ्नो ब्याजदर तालिका सार्वजनिक गरेका हुन् ।
अधिकांश बैंक तथा वित्तीय संस्थाले वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिकाले वैशाख महिनाका लागि निक्षेपको ब्याज घटाएर प्रकाशित गरेका हुन् । हालका दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको अपेक्षा अनुरुप कर्जा प्रवाह हुन सकेको छैन । यसैकारण बैंकहरुले ब्याजदर घटाएर भए पनि कर्जा प्रवाह बढाउने रणनीति रहेको देखिन्छ ।
केन्द्रीय बैंकले फागुन १ गतेदेखि नै स्थायी निक्षेप सुविधा (एसडीएफ) सुरु गरेपछि बैंकहरुले बचतको ब्याजदर न्यूनतम ३ प्रतिशत कायम गगर्दै आएका छन् । सोही अनुरुप केन्द्रीय बैंकले यस्तो निक्षेप राखिदिएबापत बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजसमेत दिने गरेको छ । एसडीएफभन्दा तल ब्याज दिनेले यो सुविधा नपाउने नियमकारी व्यवस्था रहि आएको छ ।
त्यस्तै राष्ट्र बैंकले व्यक्तिगत मुद्दती निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा पाँच प्रतिशत भन्दा धेरै हुन नहुने व्यवस्था गरेको छ । यसले गर्दा बचतको ब्याजदर पनि घट्न जानेछ । बचतको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्ने र ऋणीले कम ब्याजरमा कर्जा पाउँछन् ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाले औषतमा अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ। केन्द्रीय बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा प्रदान गर्ने ब्याजदर भन्दा १ प्रतिशत बिन्दुसम्मले कम गरी तय गर्न पाउने व्यवस्था गरेको छ । पहिले यसको सीमा २ प्रतिशत विन्दु थियो। त्यस्तै रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ।
___Read More News________________
- सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- वित्तीय साक्षरता र ग्राहक संरक्षण सुदृढ गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ – गभर्नर
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society
- सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक
- कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- फाइनान्सियल नोटिसेस एपमा वित्तीय क्यालेन्डर, मिटिङ रिमान्डरका साथै बैंकमा गुनासो गर्ने सुविधा
- क्रिप्टोकरेन्सीमा लगानी किन जोखिमपूर्ण ?



