वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति ?


  • Himalayan Bank Limited (HBL)
वाणिज्य बैंकहरुको ब्याजदर घट्यो, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति ?

काठमाडौं, माघ १ | वाणिज्य बैंकहरुले आज अर्थात् माघ एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन् । २० वटा वाणिज्य बैंकहरु मध्य १८ वटा बैंकहरुले पुसको तुलनामा माघमा निक्षेपको ब्याजदर घटाएका छन् बाँकी रहेका दुई वटा बैंकहरुले पुसको ब्याजदरलाई नै निरन्तरता दिएका छन्।

पुसको तुलनामा माघमा वाणिज्य बैंकहरूको निक्षेपको अधिकतम औसत ब्याजदर ०.८९ प्रतिशत विन्दुले घटेको छ । गत पुसमा एकवर्षे मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर ८.९४ प्रतिशत कायम रहेकामा माघमा घटेर ८.०५४ प्रतिशतमा झरेको छ।

अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ। माघमा बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ९.१५ र न्यूनतम ७.२६ प्रतिशत छ । बैंकहरूको औसत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८.०५४ र न्यूनतम ६.६३३ प्रतिशत छ । साधारण बचतको अधिकतम ब्याजदर ६.८५ र न्यूनतम ३.६० प्रतिशत छ । औसतमा अधिकतम ब्याजदर ५.६१७ र न्यूनतम ४.०३७ प्रतिशत रहेको छ ।

२० वटा वाणिज्य बैंकहरुको ब्याजदरको सूचनानुसार माघ महिनामा एभरेष्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ८ प्रतिशत र  एनएमबी बैंकले ९ प्रतिशतलाई यथावत राखी ब्याजदर प्रकाशित गरेका छन्। 

माघ महिनाको लागि सबैभन्दा कम ब्याजदर कृषि विकास बैंकले ७.२६ प्रतिशत कायम गरेको छ । नेपाल बैंक, लक्ष्मी सनराज बैंक र माछापुच्छ्रे बैंकले निक्षेपमा अधिकतम ब्याजदर ८ प्रतिशत कायम गरेका छन्।

एनआइसी बैंक र प्रभु बैंकले ८.०६५ प्रतिशत ब्याजदर तोकेका छन्। प्राइम बैंक, सिद्धार्थ बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकले माघको लागि ८.१ प्रतिशत तोकेका छन् । स्टान्डर्ड चार्टड र राष्ट्रिय वाणिज्य बैंकले माघ महिनाको लागि ८.०७ प्रतिशत ब्याजदर तोकेका छन् भने कुमारी बैंकले ८.१ प्रतिशत ब्याजदर तोकेको छ।

त्यस्तै नेपाल इन्भेष्टमेन्ट मेघा बैंकले ८.६ प्रतिशत, हिमालयन बैंक, सानीमा बैंकले ८.१५ प्रतिशत र सिटिजन बैंकले माघ महिनाको लागि ९.१५ प्रतिशत तोकेको सूचनामा उल्लेख गरेको छ। नेपाल एसबीआई बैंकले ८.२५ प्रतिशत ब्याजदर तोकेको छ।

व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधान र रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ।

Global IME Ad

हेर्नुहोस् वाणिज्य बैंकहरुको माघ १ गतेबाट लागु हुने नयाँ ब्याजदर, कुन बैंकको  व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर कति ?

बैंकको ब्याजदर सूचना

ब्याजदर (माघ)

ब्याजदर (पुस)

फरक

कृषि विकास बैंक

७.२६%

९.०१२%

-१.७५२%

नेपाल बैंक 

८%

८.५५%

-०.५५%

सिटिजन्स बैंक

९.१५%

९.३५%

-०.२%

एनआइसी एशिया बैंक 

८.०६५%

८.६७%

-०.६०५%

कुमारी बैंक

८.११%

९.३१%

-१.२%

ग्लोबल आइएमई बैंक  

८.१%

८.६%

-०.५%

सानिमा बैंक 

८.१५%

९%

-०.८५%

प्राइम कमर्सियल बैंक

८.१%

१०%

-१.९%

नबिल बैंक

८.१%

८.६%

-०.५%

लक्ष्मी सनराइज बैंक 

८%

९%

-१%

एभरेष्ट बैंक  

८%

८%

०%

प्रभु बैंक

८.०६५%

९%

-०.९३५%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

८.६%

९.५%

-०.९%

राष्ट्रिय वाणिज्य बैंक

८.०७%

८.६१%

-०.५४%

एनएमबि बैंक

९%

९%

०%

हिमालयन बैंक

८.१५%

८.६०३%

-०.४५३%

सिद्धार्थ बैंक 

८.१%

९.२५%

-१.१५%

नेपाल एसबीआई बैंक

८.२५%

९.६%

-१.३५%

 माछापुच्छ्रे बैंक

८%

९.६%

-१.६%

स्ट्यान्डर्ड चार्टर्ड बैंक

८.०७%

८.५६%

-०.४९%

 

___Read More News________________

वित्तीय साक्षरता र ग्राहक संरक्षण सुदृढ गर्न नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ – गभर्नर

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society

सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक

कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

फाइनान्सियल नोटिसेस एपमा वित्तीय क्यालेन्डर, मिटिङ रिमान्डरका साथै बैंकमा गुनासो गर्ने सुविधा

क्रिप्टोकरेन्सीमा लगानी किन जोखिमपूर्ण ?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDCs) नै किन ?