• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

कुमारी बैंकसहित तीन वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले कुमारी बैंक सहित तीन वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ ।  कारवाही पर्नेमा कुमारीसहित, हिमालयन बैंकप्राइम कमर्सियल बैंक लिमिटेड रहेका छन् । गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासमा नियामकीय व्यवस्था उलङ्‍घन गर्ने वाणिज्य बैंकलाई कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले तोकेको ९० प्रतिशत कर्जा निक्षेप अनुपात सीडी रेसियो कायम नगर्दा कुमारी बैंक र हिमालयन बैंकलाई नगद जरिवाना सहित कारवाही गरिएको राष्ट्र बैंकले जनाएको छ । कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा सीडी रेसियो नपुर्‍याउँदा राष्ट्र बैंकले ५९ लाख ६३ हजार ६९४ रुपैयाँ नगद जरिवाना गराएको छ।

यस्तै हिमालयन बैंकले पनि लागत आर्थिक वर्षको कात्तिकमा सीडी रेसियो नपुर्‍याउँदा १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ नगद जरिवाना गराएको छ ।

प्राइम बैंकले  क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन विपरीत प्रिमियम दर बढाई ब्याज असुल गरेकोले बैंकलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को व्यवस्था अनुसार प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

कुमारी बैंकसहित तीन वटा वाणिज्य बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा

Published by Nepal Rastra Bank on 2080-4-22



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad