वैशाख ९ गते आइतबार, चैत्र शुक्लपक्ष त्रयोदशी तिथि
मेष
दिन राम्रो छ। इष्टमित्रबाट सहयोग मिल्नेछ। शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्।
वृष
बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ। व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ।
मिथुन
दिन सामान्य राम्रो छ। आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ। मित्रबाट घात हुने सम्भावना छ।
कर्कट
आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला।
सिंह
मानसिक रुपमा उमङ् रहने योग छ। परिवारबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा फाइदा मिल्नेछ।
कन्या
सम्पत्ति आर्जन हुने दिन छ। स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ। राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ। मन खिन्न हुनेछ।
तुला
आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ। दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ।
वृश्चिक
बोलीका कारण शत्रु बढ्नेछ। शान्त रहेर बस्नु फाइदाजनक छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ।
धनु
प्रशंसा बढ्नेछ। सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ। लगानी भने नगर्नु उचित देखिन्छ।
मकर
दीर्घकालीन योजना नबनाएको राम्रो। आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ।
कुम्भ
शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ। तपाईले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ। आफन्तबाट सहयोग मिल्नेछ।
मीन
शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ। जोश जागर बढ्नेछ।
_____________
वि. सं २०८१ सालको वार्षिक राशिफल
___
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



