आर्थिक राशिफल : चैत ७ गते बुधबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि        


  • Himalayan Bank Limited (HBL)
आर्थिक राशिफल :  चैत ७ गते बुधबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि        

चैत ७ गते बुधबार, फाल्गुन शुक्लपक्ष एकादशी तिथि                                       

मेष
आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। मनमा धेरै विचार खेल्न सक्छन् । आफूलाई संममित बनाउनु आवश्यक छ । अधिकारका लागि लडाइँ गर्नुपर्ने देखिन्छ ।

वृष
शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। ठुलो संकट टर्ने देखिन्छ । समाजमा तपाईको प्रभाव बढ्नेछ ।

मिथुन 
वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्।

कर्कट 
दिन निकै राम्रो छ। दैनिकी सबल छ। दीर्घकालीन काममा हात हाल्दा सफलता मिल्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह 
शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ। 

कन्या 
दिन सामान्य रहेको छ। पठनपाठन र अध्ययनले तपाईको उचाई बढ्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ।

तुला 
अध्ययनमा जोश बढ्नेछ। मानसम्मान पाइनेछ। राजनीति क्षेत्रमा प्रतिस्पर्धी सक्रिय छन्, बोल्दा ख्याल गर्नुहोला।

वृश्चिक 
आफूले गर्दै आएका काममा होसियार भएर अगाडि बढ्नुहोला। अरुले छायामा पार्नसक्छन्। व्यापार र वैदेशिक क्षेत्रमा भने लाभको योग रहेको छ।

धनु 
व्यापारको क्षेत्रमा धेरै राम्रो हुनेछ। लगानीबाट सम्तोषजनक परिणाम प्राप्त हुनेछ। जग्गाजमिनको कारोबार गर्नुभयो भने ठूलो आर्जन हुनेछ।

मकर 
दिन सामान्य छ। बोलीले साथीभाइ टाढा हुनेछन्। सोचेर बोल्नुहोला। व्यापारमा फाइदा हुने। पारिवारिक सम्बन्ध सन्तोषजनक हुनेछ।

कुम्भ 
आज नयाँ कामको थालनी नगरेको राम्रो। खर्च बढ्नेछ। वैदेशिक क्षेत्रमा भने नाम, दाम, सम्मान पाइने छ।

मीन 
भूमी कारोबारले ठूलो फाइदा दिनेछ। बन्धुहरुको सहयोग लिन नभुल्नुहोला। अरुको सेवामा समय बित्नेछ । आफ्नै चतुरताले काम बन्ने देखिन्छ ।

_____________

चैत्र महिनाको आर्थिक मासिक राशिफल (वि.सं.२०८०)

मेष                            
मेष राशि हुनेहरुको लागि चैत्र महिना राम्रो हुनेछ । व्यवसायको क्षेत्र विस्तार हुनुका साथै नया लगानी मिल्न सक्छ।  राम्रो सोचविचार र उचित मेहनतले काम  गर्दा सोचेअनुसारको सफलता मिल्न सक्नेछ।  आर्थिक क्षेत्रमा पनि प्रगति हुन सक्ने र सन्तुस्टि मिल्न सक्ने छ।  खर्च बढ्न सक्ने पनि रहेकाले सचेत रहनुपर्नेछ।

वृष 
वृष राशि हुनेहरुका लागि चैत महिना राम्रो रहनेछ । आर्थिक क्षेत्रमा रहेका बाधाहरु हट्नुका साथै आम्दानीमा वृद्धि हुन सक्ने रहेको छ।  गरेका कामहरुबाट सफलता मिल्न सक्नेछ भने काममा नया अवसरहरु पनि मिल्न सक्ने समय छ।  व्यवसायको वृद्धि हुनुका साथै उचित लाभ पनि मिल्न सक्ने समय छ ।

मिथुन 
मिथुन राशि हुनेहरुका लागि चैत महिना राम्रो रहनेछ । काममा पदोन्नति र नँया अबसरहरु मिल्न सक्छ भने व्यवसायबाट राम्रो लाभ र सफलता मिल्न सक्नेछ।  शत्रुहरुमाथि बिजय प्राप्त हुनेछ।  सुख र आनन्दको प्राप्तिका साथै राम्रो अन्न र वस्त्रको लाभ हुन सक्ने समय रहेको छ। 

कर्कट 
कर्कट राशि हुनेहरुका लागि चैत महिना मध्यम रहनेछ । पारिवारिक सहयोग मिल्नेछ । छोटो यात्रा हुन सक्नेछ। कामबाट वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने समय छ।  काम वा व्यवसायमा भने केहि अवरोध आउन सक्ने सम्भावना छ। अनावश्यक विवादमा फस्न सक्ने भएकाले गर्दा बोल्दा विचार पुर्याउनुपर्ने देखिन्छ। 

सिंह
सिंह राशि हुनेहरुका लागि चैत महिना सामान्य रहन सक्नेछ । महिनाभर अष्टम भावमा गोचर गर्ने सूर्यले काममा अबरोध र व्यवसायमा घाटाको सामना गर्नुपर्ने हुनसक्छ भने विश्वास गरेकाहरुबाट पनि धोका हुन सक्ने भएकाले ध्यान दिनुपर्नेछ। नँया काम सुरु गर्न वा लगानीको लागि उचित समय रहेको छैन र पुरानै काममा अलिक धेरै मेहेनत गर्नुपर्ने रहेको छ।

कन्या 
कन्या राशि हुनेहरुका लागि चैत महिना राम्रो रहनेछ। काममा वा व्यवसायबाट सोचेको जस्तो आम्दानी गर्न सकिएला। आर्थिक क्षेत्रमा रहेका बाधाहरु पनि हट्नेछन्  । परिवार वा आफन्तमा विवाद हुन सक्ने र शारीरिक अस्वस्थता हुन सक्ने रहेकाले गर्दा ध्यान दिनुपर्ने रहेको छ। 

तुला 
तुला राशि हुनेहरुका लागि चैत महिना राम्रो रहनेछ । व्यापार व्यवसायमा राम्रो उन्नति हुन सक्ने र नोकरीमा पदोन्नति मिल्न सक्ने सम्भावना पनि रहेको छ।  नँया कामको सुचारु गर्ने अवसर हरु पनि रहेका छन्। स्वास्थ्य सम्बन्धि समस्या आउनाले समस्या हुन सक्ने भएकाले स्वास्थ्यमा ध्यान दिनुपर्नेछ। 

वृश्चिक
वृश्चिक राशि हुनेहरुका लागि चैत महिना मध्यम रहनेछ । पराक्रममा वृद्धि र शत्रु माथि विजय प्राप्त हुन सक्ने रहेपनि काममा अवरोधको सामना गर्नुपर्ने हुन सक्ने भएकाले अलिक धेरै मेहनत गर्नुपर्ने छ। खर्चमा पनि केहि वृद्धि हुन सक्छ। राज्य वा सामाजिक क्षेत्रबाट मानसम्मान मिल्न सक्ने रहेको छ। 

धनु 
धनु राशि हुनेहरुका लागि चैत महिना मध्यम  छ । आर्थिक क्षेत्रमा गरिएको मेहनतको राम्रो परिणाम मिल्न सक्नेछ। व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ। शारीरिक असक्ततताले गर्दा भने काममा पूर्ण रुपमा ध्यान नजान सक्छ।  शत्रुहरुले काममा समस्या गर्न सक्ने भएकाले ध्यान दिनुपर्ने छ। 

मकर 
मकर राशि हुनेहरुका लागि चैत महिना राम्रो रहनेछ । आर्थिक क्षेत्रमा सुधार हुनका साथै आम्दानीमा पनि वृद्धि हुनेछ । रोकिएका आर्थिक कारोबारहरु सफल हुनेछन। व्यवसाय फस्टाएर जाने हुनाले प्रशस्त नाफा कमाउन सकिनेछ भने अरुलाई प्रभावित पारेर सजिलै काम लिन सकिनेछ ।  काममा ध्यान दिन नसक्दा समस्या आउन सक्ने भएकाले काममा लगनशील भएर लाग्नुपर्नेछ।

कुम्भ 
कुम्भ राशि हुनेहरुका लागि चैत महिना सामान्य हुनेछ । दोस्रो भावमा गोचर गरिरहेको सूर्यको प्रतिकुल प्रभावले आउने अवसरहरुलाई उचित तरिकाले उपयोग गर्न नसक्दा उपलब्धी हातबाट फुत्किन सक्छ । आर्थिक क्षेत्रमा  बाधाहरु आउन सक्ने रहेको छ।  व्यवसायबाट सोचे जस्तो सफलता नमिल्न सक्छ भने आएका  अवसरहरु पनि गुम्न  सक्छ।  महिनाको अन्त्यतिर व्यवसायबाट उचित लाभ मिल्न सक्छ ।

मीन 
मीन राशि हुनेहरुका लागि चैत महिना राम्रो  छ । आम्दानी र खर्च बराबर हुन सक्ने भएकाले खर्चमा नियन्त्रण गर्नुपर्ने छ।  व्यवसायमा प्रगति गर्न सक्ने र नोकरीमा पनि उन्नति हुन सक्ने समय रहेको छ।  नया कामको थालनी गर्न सक्ने योग रहेको छ। पारिवारिक सहयोग पनि मिल्न सक्छ।

____

चैत १ गते बिहिबार, फाल्गुन शुक्लपक्ष चतुर्थी तिथि                         

मेष
तपाईंको नाम, दाम र कामको सम्मान हुनेछ । मनमा उत्साह बढ्नेछ ।
 
वृष
तपाईंका सबै क्षेत्र सबल भए पनि वैदेशिक क्षेत्रबाट राम्रो नतिजा प्राप्त नहुन सक्छ । सफल बन्नका लागि आज आफूभन्दा ठुलाको सल्लाह अनुसार चल्नु राम्रो हुन्छ ।

मिथुन 
शिक्षा र स्वास्थ्य क्षेत्र सबल छन् । व्यापारमा फाइदा हुने देखिन्छ । वैदेशिक लगानी र यात्रामा भने झन्झट आइलाग्न सक्छ ।

कर्कट 
दिन सामान्य छ । आर्थिक र शैक्षिक क्षेत्रमा अब्बल ठहरिन सक्नुहुन्छ । शत्रुसँग पराजित हुने योग रहेकाले व्यवहार गर्दा सचेत हुनु राम्रो हुन्छ । परिवारको साथ मिल्नेछ ।

सिंह 
आज तपाईंको व्यापारमा सामान्य वृद्धि हुन सक्ने र नँया कामको सुरुवात हुन सक्छ।

कन्या  
दिन राम्रो छ । स्वास्थ्य, शिक्षा र सम्पत्तिमा राम्रो देखिन्छ । मान्यजनको सेवा नगर्दा असहयोग गर्नेछन् । राजनीतिक क्षेत्रमा खराबहरुले सताउने भएकाले सचेत हुनुपर्ने देखिन्छ ।

तुला
मानसिक उल्साह बढ्नेछ । गुमेको सम्पत्ति अचानक हात लाग्नेछ । समकक्षीले खुट्टा तान्ने भएकाले सचेत हुनुपर्ने देखिन्छ । शिक्षाको लगानीबाट राम्रो नतिजा मिल्नेछ । दाजुभाइले सहयोग नगर्ने देखिन्छ ।

वृश्चिक 
विपक्षीले तपाईंको उन्नतिमा डाहा गर्ने छन् । धनको घमण्ड नगर्नु राम्रो हुनेछ । काममा पनि सुधार आउँन सक्छ। नयाँ लगानीको वातावरण बन्न सक्छ।

धनु 
दिन सामान्य राम्रो छ । आफ्नो बोली सम्हाल्नु आवश्यक छ । शैक्षिक क्षेत्रका कामहरुबाट लाभ मिल्न सक्छ।

मकर 
खर्च बढ्ने देखिन्छ । आफूलाई सहयोग गर्नेहरु टाढा हुने योग रहेको छ । शिक्षा र सामाजिक क्षेत्रमा राम्रो भए पनि परिवारमा मनमुटाब बढ्नेछ । 

कुम्भ 
अनावश्यक खर्च बढ्नेछ । बोल्न नजान्दा समस्या हुनेछ ।कामबाट सफलता र सन्तुष्टि मिल्न सक्छ। साथीभाईको सहयोग मिल्न सक्छ।

मीन 
दिन राम्रो छ । आर्थिक क्षेत्रमा उल्लेखनीय वृद्धि हुनेछ । साथीभाईको साथ सहयोग काममा मिल्न सक्छ।



___

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society