फागुन २२ गते मङ्गलबार, फाल्गुन कृष्णपक्ष दशमी तिथि
मेष
आज मेष राशिको रोकिएका कामहरु सुचारु हुने योग छ। धार्मिक तथा सामाजिक काममा गरिएका प्रयासहरुले राम्रो परिणाम दिन सक्छन्।
वृष
आज वृष राशिलाई साथीभाई तथा सहकर्मीबाट विश्वासघात तथा काममा रोकावट हुन सक्ने समय छ। स्वास्थ्यमा पनि उचित ध्यान दिनुपर्ने देखिन्छ।
मिथुन
आज मिथुन राशिलाई पारिवारिक व्यवसायबाट राम्रो लाभ मिल्ने योग छ। साझेदारी कामको सुरुवातको लागि पनि समय राम्रो रहन सक्छ।
कर्कट
आज कर्कट राशिको आम्दानीको क्षेत्र राम्रो रहन सक्ने र व्यवसायमा राम्रो प्रगति गर्न सक्ने समय छ भने शेयर बजारको कारोबारबाट पनि नाफा मिल्न सक्छ।
सिंह
आज सिंह राशिलाई काममा राम्रो अवसर हरु आउन सक्ने समय छ। शेयर बजारमा छोटो अवधिको लगानीको लागि पनि समय राम्रो छ।
कन्या
आज कन्या राशिको काम तथा व्यवसायमा नयाँ समस्याहरु देखिन सक्ने भएकाले राम्रो ध्यान दिनुपर्छ भने नयाँ लगानी आज नगर्दा राम्रो हुन्छ।
तुला
आज तुला राशिलाई विभिन्न क्षेत्रबाट आर्थिक लाभ मिल्न सक्नेछ। कामको माध्यमले मानसम्मान तथा पदप्रतिष्ठा बढ्नुका साथै व्यवसायमा पनि सफलता मिल्न सक्छ।
वृश्चिक
आज वृश्चिक राशिलाई पहिले गरिएको काम वा व्यवसायले राम्रो लाभ दिन सक्ने र दीर्घकालीन लगानी तथा वचतको लागि आज दिन राम्रो रहेको छ।
धनु
आज धनु राशिलाई कृषि कामबाट राम्रो लाभ मिल्नेछ। खाद्यान्न तथा लताकपडाको व्यापारबाट पनि राम्रो नाफा आर्जन गर्न सकिन्छ।
मकर
आज मकर राशिको अनावश्यक खर्च बढ्ने, झूटा आरोप लाग्ने तथा काममा सहकर्मीले उचित साथ नदिने समय रहेको छ।
कुम्भ
आज कुम्भ राशिको आम्दानी बढ्नुका साथै बिग्रिएका कामहरु पनि बन्न सक्ने समय छ। शेयर बजारमा लगानीको लागि पनि समय राम्रो देखिएको छ।
मीन
आज मीन राशिको गरिरहेको काममा जिम्मेवारी थप हुन सक्ने तथा व्यवसाय गर्नेहरुले व्यवसायको क्षेत्रविस्तार गर्न सक्ने र राम्रो नाफा गर्ने समय छ।
____
वि. सं. २०८० साल फागुन महिनाको मासिक राशिफल
मेष
यो महिना तपाईंको राशिबाट एघारौँ राशिमा सूर्य रहने भएकाले कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ ।तपाईंका बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ ।
वृष
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले दसौं घरको यात्रा गर्नेछ । सूर्यको प्रभावले व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।
मिथुन
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले नवौं घरको यात्रा गर्नेछ । परिणामतः मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ र विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तपाईंको कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा हुन्छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ ।
कर्कट
तपाईंको राशिबाट आठौं सूर्यको प्रभावले यो महिना त्यति लाभप्रद महिना देखिंदैन ।शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । समग्रतामा यो महिना त्यत्ति लाभकारक समय देखिंदैन ।
सिंह
यो महिना सूर्यले तपाईंको राशिबाट सातौँ राशिको यात्रा गर्ने गर्नेछ, जसले गर्दा तपाईंको आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र व्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । तर व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् ।
कन्या
फाल्गुन महिनामा सूर्यले तपाईंको राशिबाट छैटौं राशिको यात्रा गर्ने भएकाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर महिनाको अन्तिममा उधारोमा गएको धन फिर्ता नहुन सक्छ, खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् ।
तुला
यो महिना सूर्यले तपाईंको राशिबाट पाँचौ राशिको यात्रा गर्ने भएकाले शुभ परिणाम पाउने समय रहेको देखिन्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षामा निरन्तर बृद्धि भइरहनाले असन्तुष्टिको पारो समेत बढ्ने परिस्थिति बन्ने समय छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । आकस्मिक यात्राको अवसर आउन सक्छ ।
वृश्चिक
यो महिना सूर्यले तपाईंको राशिबाट चौथों राशिको यात्रा गर्ने भएकाले यो महिना सामान्य रहेको छ। व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । आर्थिक दृष्टिकोणले धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् ।
धनु
यो महिना सूर्यले तपाईंको राशिबाट तेश्रो राशिको यात्रा गर्ने भएकाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्रा फलदायी सिद्ध हुनेछ। आफन्त र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
मकर
यो महिना सूर्यले तपाईंको राशिबाट दोस्रो राशिको यात्रा गर्ने भएकाले प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । तपाईंभित्र धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् ।
कुम्भ
यो महिना सूर्य तपाईंको राशिमा रहने भएकाले यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
मीन
यो महिना सूर्य तपाईंको राशिबाट बाह्रौ रहने भएकाले गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ ।
_________Read More_______________
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



