आज फागुन ६ गते आइतबार, तपाइको आजको आर्थिक राशिफल कस्तो रहेको छ?


  • Himalayan Bank Limited (HBL)
आज फागुन ६ गते आइतबार, तपाइको आजको आर्थिक राशिफल कस्तो रहेको छ?

फागुन ६ गते आइतबार, माघ शुक्लपक्ष नवमी तिथि

मेष
मान–सम्मान पाइने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्।

 बृष
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।

 मिथुन
समयमा होसियार बन्न नसक्दा खर्च बढ्नेछ। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउला। आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा हुनेछन्।

 कर्कट
काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पछिका लागि लगानी गर्न सकिनेछ।

सिंह
कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।

कन्या
प्रयत्न गर्दा नयाँ काम थालनी हुनेछ। सहयोगीहरूले साथ दिनेछन्। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। श्रम परे पनि कामको मूल्य प्राप्त हुनेछ।जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि केही समय लाग्नेछ।

तुला
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। लेनदेनको विवादले अप्ठ्यारो पर्न सक्छ। काम बिग्रने भयले सताउनेछ परिस्थितिले चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। 

वृश्चिक
घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। आँटेका काममा साथीभाइबाट सहयोग मिल्नेछ।

धनु
स्रोतसाधन जुट्नाले मेहनतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले काममा उत्साह जाग्नेछ।

मकर
अस्वस्थताले काममा बाधा पुग्न सक्छ। व्यापार तथा आर्थिक गतिविधिमा मन्दी आउनेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय लाग्न सक्छ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्।

कुम्भ
कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ।

मीन
लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हातलागी हुनेछ। स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ।

____

वि. सं. २०८० साल फागुन महिनाको मासिक राशिफल 

मेष
यो महिना तपाईंको राशिबाट एघारौँ राशिमा सूर्य  रहने भएकाले कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ ।तपाईंका बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ । 

वृष
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले दसौं घरको यात्रा गर्नेछ । सूर्यको प्रभावले  व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

मिथुन
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले नवौं घरको यात्रा गर्नेछ । परिणामतः  मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ र  विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ ।  तपाईंको कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा हुन्छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ ।

कर्कट
तपाईंको राशिबाट आठौं सूर्यको प्रभावले यो महिना त्यति लाभप्रद महिना देखिंदैन ।शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ ।  समग्रतामा यो महिना त्यत्ति लाभकारक समय देखिंदैन ।

सिंह 
यो महिना सूर्यले तपाईंको राशिबाट सातौँ राशिको यात्रा गर्ने गर्नेछ, जसले गर्दा तपाईंको आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र व्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । तर व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् ।

कन्या
 फाल्गुन महिनामा सूर्यले तपाईंको राशिबाट छैटौं राशिको यात्रा गर्ने भएकाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।  नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर महिनाको अन्तिममा उधारोमा गएको धन फिर्ता नहुन सक्छ, खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् । 

तुला
 यो महिना सूर्यले तपाईंको राशिबाट पाँचौ राशिको यात्रा गर्ने भएकाले  शुभ परिणाम पाउने समय रहेको देखिन्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षामा निरन्तर बृद्धि भइरहनाले असन्तुष्टिको पारो समेत बढ्ने परिस्थिति बन्ने समय छ ।  पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । आकस्मिक यात्राको अवसर आउन सक्छ ।

वृश्चिक
 यो महिना सूर्यले तपाईंको राशिबाट चौथों राशिको यात्रा गर्ने भएकाले यो महिना सामान्य रहेको छ।  व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । आर्थिक दृष्टिकोणले धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् । 

धनु
 यो महिना सूर्यले तपाईंको राशिबाट तेश्रो राशिको यात्रा गर्ने भएकाले  पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ ।  यात्रा फलदायी  सिद्ध हुनेछ। आफन्त र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ । 

मकर 
यो महिना सूर्यले तपाईंको राशिबाट दोस्रो राशिको यात्रा गर्ने भएकाले  प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ ।  सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । तपाईंभित्र धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । 

कुम्भ
यो महिना सूर्य तपाईंको राशिमा रहने भएकाले  यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ ।  आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ । 

मीन
यो महिना सूर्य तपाईंको राशिबाट बाह्रौ रहने भएकाले  गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ ।

_________Read More_______________

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society