फागुन २ गते बुधबार, माघ शुक्लपक्ष पञ्चमी तिथि
मेष
आज तपाईंको मन दोधार हुन सक्ने छ भने हतार वा आवेशमा आएर कुनै काम नगर्नु होला ।
वृष
आज तपाईंलाई पशुपालन र कृषि व्यवसायमा सफलता प्राप्ति हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ ।
मिथुन
आज तपाईंलाई धनको लाभ र काममा प्रगति हुन सक्ने समय छ। परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।
कर्कट
आज तपाईंलाई जिम्मेवारीको क्षेत्रमा लगनशील भएमा अवश्यमेव लाभ मिल्ने समय छ ।
सिंह
आज तपाईंलाई परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ ।
कन्या
आज तपाईंलाई आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरपुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ।
तुला
आज तपाईंको आम्दानी बढ्न सक्ने र आकस्मिक लाभ मिल्न सक्छ।
वृश्चिक
आज तपाईंले पठनपाठन र प्राज्ञिक क्षेत्रमा खट्नेले राम्रो परिणाम प्राप्त गर्न सक्नुहुन्छ ।
धनु
आज तपाईंलाई काममा समस्या आउँन सक्ने भएकाले ध्यान दिएर काम गर्नुपर्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ ।
मकर
आज तपाईंको आम्दानीमा वृद्धि तथा मानसम्मान, पराक्रम बढ्न सक्छ।
कुम्भ
आज तपाईंले काममा अलिक मेहेनत गर्दा सफलता मिल्न सक्छ।
मीन
आज तपाईंको काममा प्रगति र आर्थिक लाभ मिल्न सक्ने समय छ।
____
वि. सं. २०८० साल फागुन महिनाको मासिक राशिफल
मेष
यो महिना तपाईंको राशिबाट एघारौँ राशिमा सूर्य रहने भएकाले कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ ।तपाईंका बहुप्रतीक्षित महत्त्वाकाङ्क्षा सिद्ध हुनेछन् । सरकारी ओहोदाका विशिष्ट व्यक्तिहरूको सहयोग जुटाउन सकिन्छ । सरकारी कामबाट फाइदा हुनेछ ।
वृष
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले दसौं घरको यात्रा गर्नेछ । सूर्यको प्रभावले व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।
मिथुन
फाल्गुन महिनामा तपाईंको राशिबाट सूर्यले नवौं घरको यात्रा गर्नेछ । परिणामतः मानसम्मान र प्रतिष्ठामा वृद्धि हुन सक्छ र विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । विश्वासको वातावरण बन्नाले व्यावसायिक एवं रोजगारीका क्षेत्रमा सफलता आर्जन हुनेछ । धनार्जनका दृष्टिले राम्रै समय छ । तपाईंको कुनै महत्त्वपूर्ण चिजबिज हराउने वा नाश हुने खतरा हुन्छ । वरिष्ठ व्यक्ति वा सत्तामा रहेका अधिकृतसँग सम्बन्ध बिग्रन सक्छ । लेनदेनको कारोबारमा हानि पुग्ने सङ्केत पनि छ ।
कर्कट
तपाईंको राशिबाट आठौं सूर्यको प्रभावले यो महिना त्यति लाभप्रद महिना देखिंदैन ।शङ्कास्पद कारोबार र क्रियाकलाप सहभागी नबन्नु राम्रो हुनेछ । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । साझेदार वा सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । अनावश्यक आरोपका कारण सजाय भोग्नु पर्छ । समग्रतामा यो महिना त्यत्ति लाभकारक समय देखिंदैन ।
सिंह
यो महिना सूर्यले तपाईंको राशिबाट सातौँ राशिको यात्रा गर्ने गर्नेछ, जसले गर्दा तपाईंको आत्मविश्वासको मात्रा बढ्ने छ । नोकरी र व्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुन्छ । नयाँनयाँ उद्योगधन्दा र व्यवसायको प्रारम्भ हुने वा नयाँ रोजगारीको सङ्केत छ । आम्दानीको मात्रा बढ्ने छ । तर व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । कार्यक्षेत्रमा एक्लै खटेर मिहिनेत गर्नुपर्ने परिस्थिति छ, नजिकका साथीभाइ र कामदारले धोका दिनसक्छन् ।
कन्या
फाल्गुन महिनामा सूर्यले तपाईंको राशिबाट छैटौं राशिको यात्रा गर्ने भएकाले मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । नोकरी र व्यायसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । तर महिनाको अन्तिममा उधारोमा गएको धन फिर्ता नहुन सक्छ, खर्च नियन्त्रणभन्दा बाहिर हुनेछ । शत्रु र प्रतिस्पर्धीले प्रतिष्ठा बिगार्ने प्रयास गर्नेछन् ।
तुला
यो महिना सूर्यले तपाईंको राशिबाट पाँचौ राशिको यात्रा गर्ने भएकाले शुभ परिणाम पाउने समय रहेको देखिन्छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षामा निरन्तर बृद्धि भइरहनाले असन्तुष्टिको पारो समेत बढ्ने परिस्थिति बन्ने समय छ । पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय छ । आकस्मिक यात्राको अवसर आउन सक्छ ।
वृश्चिक
यो महिना सूर्यले तपाईंको राशिबाट चौथों राशिको यात्रा गर्ने भएकाले यो महिना सामान्य रहेको छ। व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । यो समय कडा मिहिनेत र परिश्रम गर्ने महिना हो । निरन्तर गरिएको कष्टप्रद परिश्रमका कारण छिटै थाकिन्छ र कार्य क्षमतामा समेत कमी आउने छ । आर्थिक दृष्टिकोणले धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ र आम्दानीका मार्गहरू पनि बढ्ने छन् ।
धनु
यो महिना सूर्यले तपाईंको राशिबाट तेश्रो राशिको यात्रा गर्ने भएकाले पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । यात्रा फलदायी सिद्ध हुनेछ। आफन्त र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोग लिन/दिन सकिनेछ । लक्ष्यप्राप्तिका लागि कडा मिहिनेत गर्ने समय आएको छ । आकस्मिक रूपमा धनप्राप्तिको सम्भावना समेत छ ।
मकर
यो महिना सूर्यले तपाईंको राशिबाट दोस्रो राशिको यात्रा गर्ने भएकाले प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । सम्मान प्राप्त हुने र ख्याति बढ्ने समय छ । तपाईंभित्र धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ । नोकरी र कार्यक्षेत्रमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ । धनागम हुनेछ । उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् ।
कुम्भ
यो महिना सूर्य तपाईंको राशिमा रहने भएकाले यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । आत्मविश्वासको सिर्जना हुनेछ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । छोटो दूरीको यात्रा हुने सम्भावना छ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।
मीन
यो महिना सूर्य तपाईंको राशिबाट बाह्रौ रहने भएकाले गलत निर्णयका कारण अकल्पनीय हानि हुनसक्छ, त्यसैले कुनै निर्णय लिनुपूर्व राम्रो सोचविचार गर्नु आवश्यक छ । खर्चमा अचानक वृद्धि हुनेछ । धनमाल हराउने वा चोरी हुने सम्भावना पनि हुन्छ । अनावश्यक यात्राको योग छ र यात्राका क्रममा झमेला व्यहोर्नु पर्ने हुन्छ ।
_________Read More_______________
युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै
सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?
- बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र
- ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?
- वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ
- वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल
- शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल
- Financial literacy programs reduce risk and promote positive changes in society



