आज माघ २३ गते मङ्गलबार, तपाइको आजको आर्थिक राशिफल कस्तो रहेको छ?


  • Himalayan Bank Limited (HBL)
आज माघ २३ गते मङ्गलबार, तपाइको आजको आर्थिक राशिफल कस्तो रहेको छ?

माघ २३ गते मङ्गलबार, माघ कृष्णपक्ष एकादशी तिथि


मेष
आज मेष राशिलाई मानसम्मान तथा आत्मसन्तुष्टि मिल्न सक्छ भने आम्दानी सामान्य रहन सक्छ। पारिवारिक रमझममा समय बित्न सक्छ।   

वृष
आज तपाईंले आँटेका सोचेका कामहरूमा  झमेला देखापर्न सक्छ । परिवारसँग मेलमिलाप कायम गर्न आवश्यक छ। 

मिथुन
आज मिथुन राशिको महत्वपूर्ण कामहरु बन्नुका साथै व्यवसाय गर्नेहरुले राम्रो लाभ प्राप्त गर्न सक्छन्। परिवारसँग महत्वपूर्ण समय व्यतित गर्न सकिनेछ। 

कर्कट
आज कर्कट राशिको व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । जग्गाजमिनको खरिद तथा लगानीको लागि पनि आज राम्रो रहेको छ। पारिवारिक सद्भाव प्राप्त हुन सक्छ। 

सिंह
आज सामाजिक तथा शैक्षिक क्षेत्रतिर काम गर्ने व्यक्तिहरुले राम्रो लाभ र मानसम्मान प्राप्त गर्न सक्छन्। सामाजिक तथा पारिवारिक काममा समय बित्न सक्छ। 

कन्या
आज कन्या राशिलाई कामबाट उचित प्रतिफल तथा आत्मसन्तुष्टि नमिल्न सक्छ भने खर्च बढ्न सक्छ। 

तुला
आज तुला राशिलाई कामको माध्यमबाट उचित पुरस्कार र सम्मान मिल्न सक्छ भने आम्दानी पनि बढ्न सक्छ।  

वृश्चिक
आज तपाईंको आम्दानी सामान्य रहन सक्छ भने काम वा व्यवसायमा सामान्य प्रगति हुन सक्छ।  

धनु
आज तपाईंलाई नयाँ काम धन्दामा लगानी गर्ने अवसर मिल्नेछ। पहिले गरिएका प्रयासहरु पनि सफल रहन सक्छन्। 

मकर
आज तपाईंको काममा स्थिरता नहुने र धनको खर्च बढ्न सक्ने समय छ। नजिकका बाट विश्वासघात तथा असहयोग हुन सक्छ।

कुम्भ
आज तपाईंको गुमेको धन फिर्ता गर्न आउनेछ । नाम र कीर्ति बढ्ने काममा लगानी गर्न मन लाग्नेछ ।

मीन
आज तपाईंको आफूले मेहेनतले गरेको कामबाट सफलता र सन्तुष्टि मिल्नेछ। नयाँ कामको सुरुवात तथा पुरानो काममा पदोन्नतिको पनि सम्भावना रहेको छ।

____

२०८० साल माघ महिनाको मासिक राशिफल 

मेष
मेष राशिका लागि माघ महिना फलदायी रहनेछ । महत्त्वाकांक्षी काम प्रारम्भ गर्ने समय छ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। नोकरीमा प्रवेश वा पदोन्नति हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दाम, इनाम र पुरस्कार प्राप्त गर्ने समय छ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। व्यापार तथा उद्योगतर्फ मनग्गे फाइदा हुनेछ भने काममा थप लगानी बढाउन सकिनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

वृष
वृष राशिका लागि यो महिना मध्यम फलदायी रहनेछ । यो महिनामा केही चुनौतीहरूसँग संघर्ष गर्नुपर्ने स्थिति आउन सक्छ। व्यावहारिक दायित्वको बन्धनले स्वतन्त्रतामा बाधा पुर्याउनेछ।  तर, अनुभव, चुनौती र आवश्यकता नै कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। पहिले टाढिएका आफन्तहरू नजिकिनेछन्। अर्थ अभावले सताए पनि गृहस्थी सुखद रहनेछ।

मिथुन
मिथुन राशिका लागि यो महिना सामान्य रहनेछ । महिनाभरि कष्टभावमा रहने सूर्यको प्रभावले केही चुनौतीहरू देखापर्न सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्नेछ। व्यवसाय र नियमित आयमूलक काम भने बन्नेछन्। परिस्थितिवश चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्न सक्छ। आँटेका काममा वैधानिक हस्तक्षेप हुने समय रहेकाले सजग रहनुहोला। शुभचिन्तकहरूको साथले मात्र चुनौतीहरू पन्छाएर परिस्थिति अनुकूल बनाउन सकिनेछ।

कर्कट
कर्कट राशिका लागि यो महिना शुभफलदायी रहनेछ। सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन, सवारी आदि जोड्ने समय छ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। व्यापारमा मनग्गे लाभ हुनाले आर्थिक स्थितिमा सुधार आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साह जाग्नेछ। विभिन्न अवसर प्राप्त हुनाले जोस–जाँगर बढ्नेछ।

सिंह
सिंह राशिका लागि यो महिना विशेष फलदायी रहनेछ। पुरुषार्थी कामले उत्साह जगाउनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुटाउन सकिनेछ। आँटले काम लिँदा मनग्गे फाइदा हुनेछ। अर्थ उपार्जनका विभिन्न स्रोत प्राप्त हुनेछन्। पहिलेका प्रतिस्पर्धीहरू नै सहयोगीका रूपमा देखा पर्नेछन्। विभिन्न अवसर प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद आउन सक्छ।

कन्या
कन्या राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । स्वास्थ्यमा मौसमी समस्या देखापर्न सक्छ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि लाभ मिल्ने समय छ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार आउनेछ भने अड्किएका काम पनि पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर पनि प्राप्त हुनेछ।

तुला
तुला राशिका लागि यो महिना सामान्य रहनेछ । उच्च महत्त्वाकांक्षाले प्रश्रय पाउने हुँदा बुद्धि–विवेकले काम लिन नसकिएला। भूमिबाट प्रशस्त लाभ मिले पनि घर–जग्गा वा स्थायी सम्पत्तिमा केही विवाद आउन सक्छ। अरूको भरपर्दा चिताएको काम रोकिन सक्छ। मिहिनेत गर्दा व्यवसायमा फाइदै हुनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम पनि सम्पादन हुनेछन्। कृषितर्फ पछि फाइदा हुने कामको थालनी हुनेछ।

वृश्चिक
वृश्चिक राशिका लागि माघ महिना विभिन्न अवसर जुट्नाले निकै लाभदायक रहनेछ । लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्नेछ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। प्रतिष्ठित काम शुभारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ।

धनु
धनु राशिका लागि माघ महिना मिश्रित रहनेछ । मिहिनेत गर्दा सामाजिक प्रतिष्ठा प्राप्त हुन सक्छ। व्यवसायले नयाँ गति लिनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। परिस्थितिले गलत मार्गमा अग्रसर गराउने सम्भावना देखिएकाले व्यवहारमा सजग रहनुपर्ला। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्नेछ। आँटेका काममा अनायासै चुनौती देखापर्न सक्छ। शुभचिन्तकहरूको सुझावलाई विशेष ध्यान दिनुहोला।

मकर
मकर राशिका लागि यो महिना मध्यम रहनसक्ने देखिन्छ । काममा आलस्य बढ्नेछ भने समयमा काम गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। परिस्थिति संघर्षमय रहनाले चिताएको फाइदा नउठ्न सक्छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। कृषि तथा पशुधनबाट फाइदा पुग्नेछ। खर्च लागे पनि देश–विदेशको यात्रा गर्ने अवसर जुट्न सक्छ। तर, आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउन सक्छ।

कुम्भ
कुम्भ राशिका लागि माघ महिना सामान्य रहनेछ । यस महिनामा केही व्यावहारिक उतारचढाव आउन सक्छन्। आम्दानीको तुलनामा बढी खर्च हुनाले आर्थिक समस्या देखा पर्न सक्छ। दौडधुप र लगनशीलताले मात्र काम सम्पादन हुनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा विदेश जाने अवसर प्राप्त हुनेछ। आफन्तजन बिनाकारण टाढिने सम्भावना रहेकाले संयमतापूर्वक व्यवहार गर्नुहोला।

मीन
मीन राशिका लागि माघ महिना कार्यदायी रहनेछ । प्रारम्भमा केही समस्या देखिए पनि यो महिना उत्साहवर्धक रहनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। नोकरी तथा राजनीतिमा सम्मानित स्थान प्राप्त हुनेछ। गरेका कामहरूको धेरैले प्रशंसा गर्नेछन्। मानसम्मानका साथ आम्दानी बढ्नेछ। अध्ययनमा राम्रो प्रगति हुनेछ। सोख तथा विलासी मनोवृत्तिले खर्च बढाए पनि उत्साहजनक समाचार सुन्न पाइनेछ। कृषि, पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ।

_________Read More_______________

युरोपेली देशहरूमा एटिएम (ATM) बन्द हुँदै

सुनको मूल्य कसरी निर्धारण हुन्छ र नेपालमा किन सुनको मूल्य घटबढ भइरहन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

दिगो बैंकिङले वित्तीय समावेशिता, सामाजिक समानता र वातावरणीय दिगोपन कायम राख्दै धनी र गरिबबिचको अन्तराललाई कम गर्दछ – केसी

वित्तीय पहुँचबाट बाहिर रहेका समुदायमा केन्द्रित रहेर वित्तीय साक्षरता प्रवाह गरिराखेका छौँ – ढकाल

शैक्षिक पाठ्यक्रममा वित्तीय शिक्षा अपरिहार्य छ - प्रणिता शर्मा बराल

Financial literacy programs reduce risk and promote positive changes in society