नेपालमा बैंक वित्तीय संस्था लगायतका अन्य कम्पनीहरुले चाडबाड दसैं, तिहार र छठको अवसर पारी ग्राहक लक्षित विभिन्न छुट, क्यासब्याक, एक्सचेन्ज अफर तथा उपहार योजना सार्वजनिक गर्न थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरुको यस किसिमका आर्थिक प्रलोभनयुक्त उपहार योजना सार्वजनिक गर्दै आफ्नो व्यवसाय प्रवद्र्धन गर्ने होडबाजी विगत केही वर्षदेखि नै मौलाउँदै गएको छ।
इन्टरनेटको पहुँचमा विस्तार र स्मार्ट फोनको बढ्दो प्रयोगसँगै ग्राहकहरु पनि ठगिने क्रम बढ्दो मात्रामा रहेको छ । सूचना प्रविधिको द्रूत विकास र बढ्दो प्रयोगसँगै आपराधिक क्रियाकलापमा समेत यसको दुरुपयोगका कारण अपराधका नयाँ–नयाँ शैली र प्रवृत्तिले अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ। आर्थिक कारोबार, मनोरञ्जन, सूचना र शिक्षाका लागि इन्टरनेटको प्रयोग हुने भए तापनि कतिपय अवस्थामा इन्टरनेट र कम्प्युटरको दुरुपयोगले विभिन्न साइबर अपराधमा पनि बढोत्तरी हुने गरेको छ।
विशेषतः चाडबाडको समयमा सामाजिक सञ्जालमा स्क्यामरहरु बढी सक्रिय हुने गर्दछन्। स्क्यामरहरुले विभिन्न बैंक, वित्तीय संस्था लगायत ठुला कम्पनीहरुले सामाजिक सञ्जाल मार्फत् सार्वजनिक गर्ने अफर, छुटजस्ता उपहार योजना पोस्टहरुको नक्कल गरी ग्राहक झुक्याउने गर्दछन्।
चाडबाडको समयमा सामाजिक सञ्जालमा स्क्यामरहरु बढी सक्रिय हुने गर्दछन् । स्क्यामरहरुले विभिन्न बैंक, वित्तीय संस्थालगायत ठुला कम्पनीहरुले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्ने अफर, छुटजस्ता उपहार योजना पोस्टहरुको नक्कल गरी ग्राहक झुक्याउने गर्दछन् ।
सामान्यतः स्क्यामरहरुले सोसियल इन्जिनियरिङ गरी व्यक्तिको गोप्य जानकारी जस्तै पासवर्ड, ओटिपी, बैंक खाता नम्बर, बैंक कार्ड नम्बर पत्ता लगाउने र पत्ता लागेका जानकारी, पहिचान गरी चोरी वा ठगीका लागि प्रयोग गर्ने गरेको पाइन्छ।
सामाजिक सञ्जाल प्रयोग गरी उपहार चिट्ठाको आर्थिक प्रलोभनमा ग्राहकहरुलाई ठगी गर्ने क्रम विगत केही वर्ष यता उल्लेख्य मात्रामा बढ्दै गएको छ। उपहार र चिट्ठा परेको नाममा भन्सार कटाउन भन्दै रकम माग्ने, सामाजिक सञ्जालबाट चिनेको व्यक्तिलाई विदेशबाट महँगो उपहार पठाउने जस्ता प्रवृत्ति पछिल्लो समय बढ्दै गइराखेको छ।
पछिल्ला दिनहरुमा नेपालमा नेटवर्किङ शैलीको अवैध बेटिङ साइटहरुका लिङ्कहरु बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, भुक्तानी सेवा प्रदायक वालेटहरुका सामाजिक सञ्जालका पोष्टहरुमा आर्थिक प्रलोभनयुक्त कमेन्टको रुपमा भेटिन थालेका छन्। कतिपय अवस्थामा आर्थिक प्रलोभन पारी पीडित भएका पीडितहरुले आफ्नो डुबेको रकम निकाल्नका लागि विभिन्न फेसबुक, भाइबर, ह्वाट्एप ग्रुपहरुमा जिज्ञासा राख्ने र स्क्यामरहरुले यही मौका छोपी रकम निकालिदिने आश्वासन देखाएर बाइनान्स (क्रिप्टो) अकाउन्ट खोल्न लगाई रकम जम्मा गर्न लगाउने र रकम जम्मा गरिसकेपछि सम्पर्कविहीन हुने घटना बढ्न थालेको छ।
गत आर्थिक वर्षमा सामाजिक सञ्जाल जस्तो फेसबुक म्यासेन्जरसँग सम्बन्धित रहेर मात्र ६ हजार सात सय ८२ वटा उजुरी प्रहरी साइबर ब्युरोमा दर्ता भएका थिए ।
त्यस्तै भाइबरबाट १८, इमोबाट २२, युट्युबबाट ६९, ह्वाट्स एपबाट दुई सय ५८ वटा, ट्वीटरबाट ३४, इन्स्टाग्रामबाट पाँच सय ५१, वेबसाइट ह्याकिङ र डाटा ब्रिचबाट ४५, टिकटकबाट सात सय २१, इमेलबाट ६९, ईसेवा प्रयोग गरी एक सय ९६ वटा, बैंक तथा वित्तीय संस्थाको प्रयोग गरी दुई सय २१ उजुरी दर्ता भएको थियो।
केहि समय अघि मात्र नेपालमा सट्टेबाजी एप ‘फिफिया’ मा एक लाख सर्वसाधारणको एक अर्बभन्दा धेरै रकम फसेको प्रहरीको अनुमान छ । फिफियामार्फत करिब ५ हजार पीडितहरूको मात्र १० हजारदेखि १७ लाखसम्म डुबेको प्रहरीको अनुमान रहेको छ।
नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र प्रहरीमा साइबर अपराधका ९ हजार १३ वटा उजुरी दर्ता भएका छन् । चालु आर्थिक वर्षमा साइबर अपराधसँग सम्बन्धित प्रहरीमा पुगेको घटनाको तथ्याङ्क बढदे मात्रामा रहेको छ । अपराधको सङ्ख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
गत आर्थिक वर्ष २०७९/८० मा सामाजिक सञ्जाल जस्तो फेसबुक म्यासेन्जरसँग सम्बन्धित रहेर मात्र ६ हजार सात सय ८२ वटा उजुरी प्रहरी साइबर ब्युरोमा दर्ता भएका थिए । त्यस्तै भाइबरबाट १८, इमोबाट २२, युट्युबबाट ६९, ह्वाट्स एपबाट दुई सय ५८ वटा, ट्वीटरबाट ३४, इन्स्टाग्रामबाट पाँच सय ५१, वेबसाइट ह्याकिङ र डाटा ब्रिचबाट ४५, टिकटकबाट सात सय २१, इमेलबाट ६९, ईसेवा प्रयोग गरी एक सय ९६ वटा, बैंक तथा वित्तीय संस्थाको प्रयोग गरी दुई सय २१ उजुरी दर्ता भएको थियो। जसमध्ये एक सय २७ वटाको मुद्दा दर्ता गरिएको प्रहरी स्रोतले जनाएको छ।

सामाजिक सञ्जालको प्रयोग गरी हुने साइबर अपराधका प्रवृत्तिहरु विशेषत विभिन्न बैंक तथा वित्तीय संस्था, कम्पनीको नक्कली फेसबुक पेज खडा गर्ने, वेब साइट नै खडा गर्ने, आर्थिक प्रलोभन युक्त पोस्ट गर्ने र प्रलोभनमा पारी ठगी गर्ने गरेका छन्।
त्यस्तै सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बिर प्रयोग गरेर प्रोफाइल पेज खोली बेइज्जत गर्ने, अनावश्यक दुःख दिने, विभिन्न किसिमका नग्न तस्बिरमा व्यक्तिको मुहार जोडी अनलाइनमा राख्ने, अश्लील फोटो तथा भिडियो सामाजिक सञ्जालमा प्रकाशित गर्ने, सम्पूर्ण सूचना आफ्नो नियन्त्रणमा लिई फिरौती माग गर्ने, सरकारी तथा अन्य संघसंस्थाहरुको वेबसाइट ह्याकिङ गर्नेसँग सम्बन्धित रहने गरेको पाइएको छ।
नेपाल प्रहरीमा यस्ता ठगीका घटनाको उजुरी बढ्न थालेपछि केही समयअघि मात्र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नेपाल टेलिकम (एनटिसी) को कलर रिङब्याक टोनमा नै “फेसबुक, भाइबर, इमो, ह्वाट्स एप, इन्स्टाग्राम तथा टिकटक जस्ता सामाजिक सञ्जालहरुको माध्यमबाट विभिन्न उपहार तथा पार्सल पठाएको, चिट्ठा परेको, बैंक तथा वालेटको कर्मचारी हुँ भनी ओटिपी कोड माग्ने, डलर देखाई नेपाली पैसा साट्ने, विदेश पठाउने बोलाउने बहानामा ठगी गर्ने कार्यहरु बढिरहेकोले यस्ता झुटा आश्वासन र प्रलोभनयुक्त गैरकानुनी कार्यबाट सावधान रहनुका साथै त्यस्ता प्रकृतिका अपराधबाट बच्नको लागि अपरिचित व्यक्तिहरुलाई कुनै पनि किसिमका ओटिपी कोड, पिनकोड जस्ता सेक्युरिटी कोडहरु नदिनुहुन अनुरोध छ ।” भनि सन्देश नै प्रवाह गरिएको थियो।
सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक
*The news was published in the Year 2, Vol. 2 (14th issue) of the "Financial Literacy" Economic Monthly Magazine. (Ashoj, 2023)
___Read More News________






.gif)



