वाणिज्य बैंकहरुको कात्तिक १ गतेबाट नयाँ ब्याजदर लागु, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति पुग्यो?


  • Shangrila Dev Bank News Ad
  • Prabhu Bank
  • Himalayan Bank Limited (HBL)
  • Kamana Sewa Bikash Bank Ltd.
वाणिज्य बैंकहरुको कात्तिक १ गतेबाट नयाँ ब्याजदर लागु, हेर्नुहोस् कुन बैंकको कुन खातामा कति पुग्यो?

वाणिज्य बैंकहरुले कात्तिक एक गतेदेखि लागु हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेका छन्।  २० वटा वाणिज्य बैंकमध्ये १४ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम् ब्याजदर घटाएका छन् । चार वटा बैंकले भने असोजकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुइ वटा बैंकले बढाएकाछन् । 

अघिल्लो महिनाको तुलनामा अधिकतम १० प्रतिशत मात्रै ब्याजदर घटाउन वा बढाउन पाउने नियमकारी व्यवस्था रहिआएको छ । असाेज महिनामा व्यक्तिगत मुद्दतीको अधिकतम ११.०५४ प्रतिशतसम्म ब्याजदर पुगेकोमा कात्तिकमा भने ११.००३ प्रतिशतमा झरेको छ । व्यक्तिगतभन्दा संस्थागत मुद्दतीमा २ प्रतिशत विन्दु कम ब्याज हुनुपर्ने प्रावधान र रेमिट्यान्स मुद्दतीमा व्यक्तिगत मुद्दतीमाभन्दा १ प्रतिशत विन्दु बढी ब्याज दिन सक्ने नियमकारी व्यवस्था रहिआएको छ ।

२० वटा वाणिज्य बैंकहरुको ब्याजदरको सूचनानुसार हिमालयन बैंक, एनआईसी एशिया बैंक र एनएमबि बैक ११.००३ प्रतिशत, नेपाल एसविआई बैंकले १०.७ प्रतिशत, प्राइम कमर्सियल बैंकले  १०.२५ प्रतिशत,  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १०.०१ प्रतिशत ब्याजदर तोकेका छन् । सबैभन्दा कम ब्याजदर कायम गर्नेमा स्ट्यान्डर्ड चार्टर्ड बैंक रहेकाे छ, जसकाे व्यक्तिगत मुद्दती निक्षेपमा ९.२२ प्रतिशत ब्याजदर रहेकाे छ ।

Global IME Ad

हेर्नुहोस् वाणिज्य बैंकहरुको कात्तिक १ गतेबाट लागु हुने नयाँ ब्याजदर, कुन बैंकको कति ? 

बैंकको ब्याजदर सूचना

व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर (असाेज)

व्यक्तिगत मुद्दती निक्षेपकाे अधिकतम ब्याजदर (कात्तिक)

फरक

कृषि विकास बैंक

१०.०१११%

९.७६१९%

-०.२४९२%

नेपाल बैंक 

९.२९३%

९.२२४%

-०.०४५३%

सिटिजन्स बैंक

१०.०५%

९.९५%

-०.१%

एनआइसी एशिया बैंक 

११.०५४%

११.००३%

-०.०५१%

कुमारी बैंक

१०.११%

१०.०१%

-०.०१%

ग्लोबल आइएमई बैंक  

१०.५०%

१०%

-०.५०%

सानिमा बैंक 

९.९५%

९.२२४%

-०.७२६%

प्राइम कमर्सियल बैंक

११.३५८%

१०.२५%

-१.१०८%

नबिल बैंक

११.०५४%

१०%

-०.५४%

लक्ष्मी सनराइज बैंक 

१०%

१०%

०%

एभरेष्ट बैंक  

११.०५४%

९.२२४%

-१.८३%

प्रभु बैंक

१०%

९.२२४%

-०.७७६%

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक

११.०३%

१०.०१%

-१.०२%

राष्ट्रिय वाणिज्य बैंक

९.५०%

९.५०%

०%

एनएमबि बैंक

९.९९%

११.००३%

१.०१३%

हिमालयन बैंक

११.०५४%

११.००३%

-०.५१%

सिद्धार्थ बैंक 

९.९९%

९.९९%

०%

नेपाल एसबीआई बैंक

१०%

१०.७%

०.७०%

 माछापुच्छ्रे बैंक

९.९९%

९.९९%

०%

स्ट्यान्डर्ड चार्टर्ड बैंक

९.२९%

९.२२%

-०.०७%

 

___Read More News________

सामाजिक सञ्जालमा ठगीका लिङ्कहरु देखिँदा समेत बेखबर बन्दै बैंक

ऋण तिर्नकै लागि किन ऋण लिन्छन् ऋणीहरु ?

फाइनान्सियल नोटिसेस एपमा वित्तीय क्यालेन्डर, मिटिङ रिमान्डरका साथै बैंकमा गुनासो गर्ने सुविधा

कस्तो कर्जालाई खराब कर्जा भनिन्छ ? खराब कर्जा बढे के हुन्छ ?

बैंकहरुको वित्तीय साक्षरता कार्यक्रम राष्ट्र बैंकका मार्गदर्शन परिपालनाका लागि मात्र

क्रिप्टोकरेन्सीमा लगानी किन जोखिमपूर्ण ?

वित्तीय साक्षरतामा सञ्चालकहरु नै अनभिज्ञ

केन्द्रीय बैंक डिजिटल मुद्रा (CBDCs) नै किन ?

  • MBL - below news
  • EBL Ad news