विजय लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा मिति २०८३/०४/१९ गते प्रकाशित “प्रमुख कार्यकारी अधिकृतको आवश्यकता सम्बन्धी सूचना” मा आवश्यक न्यूनतम शैक्षिक योग्यताको विवरणमा त्रुटि भएकाले देहायबमोजिम संशोधन गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
संशोधित विवरण: मान्यताप्राप्त शिक्षण संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी, अर्थशास्त्र, तथ्याङ्कशास्त्र, व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, व्यापार प्रशासन, जनप्रशासन वा कानून विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि प्राप्त गरेको।
Published by Vijaya Laghubitta on 2083-5-21
View More by Vijaya Laghubitta