राष्ट्रिय वाणिज्य बैंकले निष्काशन गरेको ‘७% RBBL डिबेञ्चर २०८८’ मा आवेदन दिने आज (बैशाख १२) अन्तिम दिन हो। बैंकले बैशाख २१ सम्म आवेदन खुला राखे पनि मागभन्दा बढी आवेदन परेपछि निष्काशन समयअघि नै बन्द गर्न लागेको हो।
बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको थियो, जसमा १० लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो।
न्यूनतम २५ कित्ता आवेदन दिनुपर्ने यो ऋणपत्रमा वार्षिक ७% ब्याज पाइनेछ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आवेदन सी-आस्बा प्रणालीमार्फत गर्न सकिन्छ।
क्रेडिट रेटिङमा केयर रेटिङ्स नेपालले 'CARE-NP A+' प्रदान गरेको छ, जसले बैंकको वित्तीय दायित्व पूरा गर्ने क्षमतालाई पर्याप्त सुरक्षित देखाएको छ।
Published by RBBL on 2082-1-12