Download Print

चिरख्वा हाइड्रोपावरको IPO निष्काशन तथा बिक्री खुलाबारे सूचना

चिरख्वा हाइड्रोपावरले आज अर्थात साउन २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने सूचना प्रकाशित गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १० प्रतिशत अर्थात ४ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका चार लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ । सो शेयरका लागि भोजपुर जिल्लाका स्थानिय बासिन्दाहरुले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन, भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा भदौ १० गते र ढिलोमा भदौ २५ गते हुनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने भदौ १० गतेभित्र आवेदन दिन सक्ने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

चिरख्वा हाइड्रोपावरको IPO निष्काशन तथा बिक्री खुलाबारे सूचना

Published by RBB Mechant Banking on 2080-4-28



View More by RBB Mechant Banking