• KBL
  • Everest Bank Limited (EBL)

Download Print

कम्पनीको कर, शुल्क तथा जरिबाना मिनाहाका लागि म्याद थपबारे अर्थ मन्त्रालयको सूचना

कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा आवश्यक विवरण २०८३ पुस मसान्तभित्र पेश गरेमा यसअघि लागेका वा लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा हुने भएको छ।

सम्बन्धित कानूनले तोकेको समयसीमाभित्र विवरण पेश नगरेका, नवीकरण नगरेका वा बुझाउनुपर्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना दाखिला नगरेका कम्पनीले कारोबार सञ्चालनलाई निरन्तरता दिन वा कम्पनीको दर्ता खारेज गर्न चाहेमा यो सुविधा प्राप्त गर्न सक्नेछन्।

२०८३ कात्तिक ९ गतेको निर्णयअनुसार यसअघि २०८३ असोज मसान्तसम्म कायम रहेको म्याद थप गरी २०८३ पुस मसान्तसम्म पुर्‍याइएको छ।

कम्पनीको कर, शुल्क तथा जरिबाना मिनाहाका लागि म्याद थपबारे अर्थ मन्त्रालयको सूचना

Published by Financial Notices on 2083-7-12



View More by Financial Notices

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad