राष्ट्रय वाणिज्य बैंक लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ६ प्रतिशत ब्याजदर भएको "६% आरबिबि डिबेन्चर २०८९" नामक ऋणपत्र आज मिति २०८३ असोज २९ गते बिहीबारदेखि सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको छ। कुल ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमध्ये १ अर्ब ८० करोड रुपैयाँ व्यक्तिगत तवर (Private Placement) बाट बिक्री गर्ने र १ अर्ब २० करोड रुपैयाँ (जसमध्ये ५ प्रतिशत अर्थात् ६०,००० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको) सर्वसाधारणका लागि निष्कासन गरिएको हो। प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००/- रहेको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म आवेदन दिन सकिनेछ भने आवेदनसाथ प्रति ऋणपत्र अंकित मूल्यको शतप्रतिशत रकम भुक्तानी माग गरिएको छ।
Published by RBBL on 2083-6-29