• MBL - below notice
  • NABIL Bank Ads

Download Print

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढेर ३ अर्ब ८१ करोड ६७ लाख पुग्यो - Q4 Report -

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३ अर्ब ८१ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले २ अर्ब ५५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। 

गत वर्ष बैंकको वितरणयोग्य नाफा ३० करोड ३४ लाख ९६ हजार रुपैयाँ रहेको छ। यस आधारमा बैंकको लाभांश वितरण क्षमता १.९४ प्रतिशत छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड २१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक थियो। अघिल्लो वर्ष बैंकको खराब कर्जा ४.२८ प्रतिशतबाट घढेर ३.५९ प्रतिशतमा पुगेको छ। 

गत आर्थिक वर्ष बैंकको खुद ब्याज आम्दानी बढेर १० अर्ब ८ करोड २४ लाख १४ हजार रुपैयाँ भएको छ। अघिल्लो वर्ष बैंकले १० अर्ब ३ करोड २ लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको कूल संचालन आम्दानी ११.२५ प्रतिशत बढेर १२ अर्ब ८४ करोड ३७ लाख ३७ हजार रुपैयाँ र संचालन नाफा बढेर ५ अर्ब ३८ करोड २५ लाख ७७ हजार रुपैयाँ रहेको छ।

बैंकको निक्षेप १६.५९ प्रतिशत बढेर ५ खर्ब ४१ करोड ४६ लाख रुपैयाँ र कर्जा लगानी १९.७८ प्रतिशत बढेर २ खर्ब ९४ अर्ब १८ करोड ८४ लाख रुपैयाँ रहेको छ। बैंकको नाफासँगै प्रतिसेयर आम्दानी २४.४१ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष १६.३२ रुपैयाँ प्रतिसेयर आम्दानी थियो। बैंकको रिटर्न अन इक्विटी ७.६० प्रतिशत, आधार दर ४.७८ प्रतिशत रहेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा ४९.५३% ले बढेर ३ अर्ब ८१ करोड ६७ लाख पुग्यो - Q4 Report -

Published by RBBL on 2082-4-29



View More by RBBL

  • Laxmi Sunrise Bank Ad