सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (SNLI) ले हालको चुक्ता पूँजीको २७% बराबरको हकप्रद शेयर बैशाख ३० गतेदेखि निष्काशन गर्ने भएको छ। यस अन्तर्गत प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता शेयर बिक्री गरिनेछ।
बुकक्लोज मिति बैशाख ५ तय गरिएकोले बैशाख ४ गतेसम्म कायम शेयरधनीहरुले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन्।
केयर रेटिङ्ग्स नेपालले इन्स्योरेन्सलाई "CARE-NP BBB (Is)" रेटिङ्ग प्रदान गरेको छ।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। आवेदन कम्पनीका कार्यालय, बिक्री प्रबन्धक तथा सी-आस्वा प्रणालीमार्फत दिन सकिनेछ।
निष्काशनपछि चुक्ता पूँजी ५ अर्ब ३ करोड रुपैयाँ पुग्नेछ।
Published by SunNepal LifeInsurance on 2082-1-12
View More by SunNepal LifeInsurance