• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

बैंकहरुमा पैसा बढी भएपछि आज मात्रै ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक -

बैंक तथा वित्तीय प्रणालीमा पैसा बढी भएपछि आज फेरि केन्द्रीय बैंकले ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम झिक्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएको छ ।  सामान्यत ब्याजदरमा अस्वभाविक परिवर्तन नहोस र स्थायित्व कायम होस् भन्नका लागि राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याउने गर्दछ ।

निक्षेप संकलन खरिदका लागि आज दिउँसो ३ः०० बजेसम्म क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्नु पर्ने केन्द्रीय बैंकले सूचनामा उल्लेख गरेको छ । यसरी खरिद गरेको निक्षेप संकलन उपकरण अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सकिने व्यवस्था रहिआएको छ ।

बैंकहरुमा पैसा बढी भएपछि आज मात्रै ५० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक -

Published by Nepal Rastra Bank on 2080-12-08



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad