• KBL

Download Print

राष्ट्र बैंकद्धारा आठ अर्बको विकास ऋणपत्र बिक्री बोलकबोल सम्बन्धी सूचना

नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागद्वारा देहायका विशेषता, प्रक्रिया एवं शर्तहरु सहित ८ वर्ष अवधिको विकास ऋणपत्र २०८८“झ” बोलकबोल प्रक्रियाद्वारा निष्काशन गरिने भएको हुँदा उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तल उल्लिखित मिति र समयभित्र बोलकबोल पेश गर्नुहुन अनुरोध छ ।

१. विशेषताहरु
(क) ऋणपत्रको नाम : विकास ऋणपत्र २०८८“झ” (८ वर्षे) ।
(ख) निष्काशन हुने रकम : रु.८ अर्ब (आठ अर्ब मात्र) ।
(ग) ब्याज दर (Coupon rate):  बोलकबोलको माध्यमबाट निर्धारण हुने ।
(घ) खरिदकर्ता : बैंक तथा वित्तीय संस्था, गैर—बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिक ।
(ङ) धितोको रुपमा प्रयोग हुने : यो ऋणपत्र धितो राखी कर्जा लिन÷दिन पाइने ।

२. बोलकबोल, निष्काशन, साँवा तथा ब्याज भुक्तानी
क) बोलकबोल मिति र समय : २०८० फागुन २९ गतेका दिन अपरान्ह ३ः०० बजे सम्म बोलकबोल हुने । ऋणपत्र खरिद गर्न चाहनेले उक्त समयभित्र URL https://
obss.nrb.org.np/pd
को Online Bidding System Software मार्फत् बोलकबोल पेश गर्नुपर्ने ।
ख) निष्काशन मिति : २०८० फागुन ३० गते ।
ग) साँवा भुक्तानी मिति : २०८८ फागुन ३० गते ।
घ) ब्याज भुक्तानी : अर्धवार्षिक रुपमा हुने र आर्जित ब्याजमा ब्याजकर लाग्ने ।

३. प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी बोलकबोल

(क) सहभागिता : इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रुपमा सहभागी हुनसक्ने ।

(ख) छुट्याइएको रकम : प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालाहरुलार्ई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् रु.६८० करोड र रु.१२० करोड छुट्याइएको । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमको लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालाहरुलाई बिक्री गरिने । अप्रतिस्पर्धी बोलवालाहरुलाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आएमा बोलवालाहरुलाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँड गरिने ।

(ग) ब्याजदर र बाँडफाँड : बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँड गरिने रकमसम्ममा कायम भएको Cut-Off ब्याजदरलाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरुलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराईने ।

४. शर्तहरु

(क) खरिद गर्न पाउने सीमा : घटीमा रु.पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु.पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ।

(ख) यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्र्धीको रुपमा भाग लिन पाउने छैनन् ।

(ग) प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । इच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन् ।

(घ) अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ ।

(ङ) नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने अर्नेष्ट मनी वापत्को रकम यस बैंकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको सक्कल भौचर यस विभागमा २०८० फागुन २९ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ ।

(च) नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनीवापतको रकम आ–आफ्नो खातामा मौज्दात कायम गर्नु पर्नेछ ।

(छ) व्यक्ति बोलवाला भएको खण्डमा अर्नेष्ट मनी जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको छविचित्र साथमा लिई यस विभागमा आई Online Bidding System मार्पmत् बोलकबोल गर्नु पर्नेछ ।

(ज) यस बैकमा खाता नहुने सफल बोलवालाले निष्काशन मिति २०८० फागुन ३० गते अपरान्ह ३ः०० बजेभित्र यस बैकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा बाँकी रकम जम्मा गरेको भौचर यस विभागमा पेश गरी सक्नु पर्नेछ । उक्त समयभित्र आवश्यक रकम दाखिला नगरेमा अर्नेष्ट मनीवापतकोे रकम जफत हुनेछ ।

(झ) अस्वीकृत बोलवालाहरुको अर्नेष्ट मनीवापत्को रकम यससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना ब्याज फिर्ता हुनेछ ।

(ञ) प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार सञ्चालन समितिलाई हुनेछ ।

(ट) यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत् मात्र हुनेछ ।

(ठ) अन्य थप जानकारीका लागि यस विभागको फोन नं.०१–५७१९६५९ EXT: ८३५ मा सम्पर्क राख्नु हुन अनुरोध छ ।

राष्ट्र बैंकद्धारा आठ अर्बको विकास ऋणपत्र बिक्री बोलकबोल सम्बन्धी सूचना

Published by Nepal Rastra Bank on 2080-11-24



View More by Nepal Rastra Bank

  • Everest Bank Limited (EBL)