• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

आज अर्थात् कार्तिक १० गतेदेखि मुक्तिनाथ कृषिको IPO बिक्रि खुल्ला सम्बन्धी सूचना

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कात्तिक १० गतेदेखि पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

कम्पनीले धितोपत्र बोर्डबाट १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। कम्पनीले पहिलो चरणमा सोको १० प्रतिशतले हुन आउने १ लाख ४० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।

कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्।  

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा मेरो शेयर सफ्टवेयर प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

आज अर्थात् कार्तिक १० गतेदेखि मुक्तिनाथ कृषिको IPO बिक्रि खुल्ला सम्बन्धी सूचना

Published by NIMB Ace Capital on 2080-7-10



View More by NIMB Ace Capital

  • Laxmi Sunrise Bank Ad