• KBL
  • Everest Bank Limited (EBL)

Download Print

कोषको रकम वित्तीय साक्षरतामा खर्च गर्ने सम्बन्धमा राष्ट्र बैंकको सूचना

लघुवित्त वित्तीय संस्थाको नाफाको केही हिस्सा ग्राहकको हितमा खर्च होस् भन्ने उद्देश्यले नाफाको एक प्रतिशत रकम र १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुनेरकम अलग्गै ग्राहक संरक्षण कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ ।

लघुवित्त वित्तीय संस्थाले उक्त कोषमा जम्मा भएको रकम समस्यामा परेका ऋणीको व्यवसायको सरक्षण एवम् पुनस्र्थापना गर्न, ग्राहकको शिक्षा र क्षमता विकास गर्न, ग्राहकका सन्तानको विद्यालयस्तरको शिक्षा, स्वास्थ्य तथा पोषण जस्ता सामूहिक हित हुने कार्यमा मात्र खर्च गर्नुपर्दछ ।

थोक कर्जा उपलब्ध गराउने लघुवित्त वित्तीय संस्थाले यस्ता कोषको रकम ग्राहक संस्थाका सदस्यको वित्तीय साक्षरता अभिवद्धिसम्बन्धी कार्यक्रममा समेत खर्च गर्न सक्दछन् । यसरी खर्च भएको रकमसम्बन्धी विवरण संस्थाको वार्षिक प्रतिवेदनमा स्पष्ट रुपमा खुलाउनुपर्दछ ।

कोषको रकम वित्तीय साक्षरतामा खर्च गर्ने सम्बन्धमा राष्ट्र बैंकको सूचना

Published by Nepal Rastra Bank on 2080-4-23



View More by Nepal Rastra Bank