• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने सम्बन्धी सूचना

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने सूचना प्रकाशित गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि उक्त आईपीओ निष्काशन गर्न लागेको जनाएको छ ।

उक्त आयपिओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने सूचनामा उल्लेख गरीएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । 

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने सम्बन्धी सूचना

Published by BOK Capital Markets on 2080-4-19



View More by BOK Capital Markets

  • Laxmi Sunrise Bank Ad