• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

सन नेपाल लाइफ इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

सन नेपाल लाइफ इन्स्योरेन्सले आज अर्थात साउन १ गतेदेखि प्रिमियमा आईपीओ निष्काशन गरेको सूचना प्रकाशित गरेको छ। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्य ९ लाख ६० हजार कित्ता शेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले साउन १५ गतेसम्म आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

सन नेपाल लाइफ इन्स्योरेन्सको IPO मा आजदेखि आवेदन दिन सकिने सम्बन्धी सूचना

Published by SunNepal LifeInsurance on 2080-4-01



View More by SunNepal LifeInsurance

  • Laxmi Sunrise Bank Ad