• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

थप प्रस्ट्याइएको भन्दै राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी

मौद्रिक नीति २०७९, ८० को तेस्रो त्रैमासिक समीक्षाबमोजिम मिति २०८२ असार ३ मा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी गरिएको निर्देशन उपर राष्ट्र बैंकले थप प्रष्ट पारेको हो । उक्त निर्देशनमा निर्माण क्षेत्रसँग सम्बन्धित कर्जालाई क्रणीको अनुरोधमा उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी विभिन्न सर्तको अधीनमा रही कर्जाको पुनरतालिकीकरण तथा पुनरसंरचना गर्न सकिने व्यवस्था भएको ब्यहोरा राष्ट्र बैंकको सूचनामा उल्लेख गरीएको छ ।

उक्त व्यवस्थाको प्रयोजनको निम्ति निर्माण क्षेत्रअन्तर्गत आवासीय घरायासी प्रयोजन, गैरआवासीय व्यापारिक प्रयोजन र बृहत्‌ निर्माण राजमार्ग, पुल आदि क्षेत्रमा प्रवाहित कर्जाका साथै यस क्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित सिमेन्ट, डन्डी, इँटारब्लक, पाइप्स
एण्ड फिटिङ्सलगायतका उद्योगमा प्रवाहित कर्जासमेत पर्दछन्‌ भन्दै राष्ट्र बैंकले उक्त सूचना प्रकााशित गरेको जनाएको छ ।

थप प्रस्ट्याइएको भन्दै राष्ट्र बैंकद्वारा नयाँ सूचना जारी

Published by Nepal Rastra Bank on 2080-3-15



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad