• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा आज अर्थात शुक्रबार सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ । 

सरकारी धितोपत्रहरूको सुरक्षणमा केन्द्रीय बैंकले बैक तथा वित्तीय संस्थालाई अन्तिम ऋणदाता सुविधाको रुपमा प्रदान गरिने ऋणमा लिने ब्याजदर अर्थात बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ । बैंक दर घटेपछि अब ब्याजदर पनि क्रमशः घट्दै जानेछ । यद्यपि, मौद्रिक नीतिमा सेयर बजारलाई प्रत्यक्षरुपमा सम्बोधन त गरिएको छैन । तर बैंक दर घटाउनु भनेको समग्रमा ब्याजदर घट्दै जानु हो । ब्याजदर घट्दै जाँदा सेयर बजारमा पनि क्रमशः सकारात्मक प्रभाव पर्ने देखिन्छ ।

यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुबाट जारी भएका ऋणपत्रहरुलाई कर्जा–निक्षेप अनुपात गणना गर्ने प्रयोजनको लागि स्रोत ९निक्षेप० को रुपमा समेत गणना गर्न पाउने विद्यमान व्यवस्थालाई २०८० पुस मसान्तसम्म समय दिइएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)

Published by Nepal Rastra Bank on 2080-1-29



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad