• MBL - below notice
  • HBL - inner notice page
  • NABIL Bank Ads

Download Print

बैंकहरु माथि राष्ट्र बैंकको कारबाहीः हेर्नुहोस् कुन कुन बैंकले तिरे १५ करोड ४७ लाख जरिवाना ?

नेपाल राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंक अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई बैंक सुपरिवेक्षण विभागबाट कारवाही गरिएको विवरण सार्वजनिक गरेको छ । साउनदेखि चैत मसान्तसम्म नौँ वटा वाणिज्य बैंकलाई कारबाही गरी राष्ट्र बैंकले १५ करोड ४७ लाख रुपैयाँ जरिवाना तोकेको छ । कारबाही पर्नेमा तत्कालीन नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, तत्कालिन सेञ्चुरी कमर्सियल बैंक हाल प्रभु बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नबिल बैंक लिमिटेड, ग्लोबल आइ एम ई बैंक लिमिटेड, कृषि विकास बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेड रहेको सूचनामा उल्लेख गरिएको छ ।

राष्ट्र बैंक बैंक सुपरीवेक्षण विभागले तत्कालप्न नेपाल क्रेडिट एण्ड कमर्स बैंक हाल कुमारी बैंक लिमिटेडलाई सहुलियतपुर्ण कर्जा सम्बन्धि एकिकृत कार्यविधि २०७५ को २४६ (क) विवरीत एकै समुहलाई एक भन्दा बढी सहुलियतपुर्ण कर्जा प्रभाव गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था नगरेको र कतिपय कर्जाहरुमा राष्ट्र बैंकको निर्देशन विपरित हुने गरी कर्जाको प्रिमियम दरमा परिवर्तन गरेको पाहिएको हो ।

त्यस्तै तत्कालिन कुमारी बैंक अर्थात मर्जर पछिको कुमारी बैंक लिमिटेडलाई पनि सहुलियतपुर्ण कर्जा प्रवाह गर्दा कर्जाको औचित्य पुष्टि नहुने गरी कर्जा प्रभाव गरेको, कतिपय मद्दती निक्षेपमा प्रकाशित ब्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, कतिपय कर्जाहरुमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था एवं जोखिम भार प्रदान नगरी राष्ट्र बैंकबाट जारी निर्देशनको उल्लघंन गरेको देखिएकोले तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) (क) बमोजिम सचेत गराईएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै तत्काली नेपाल क्रेडिट एण्ड कमर्स बैंकलाई प्रमुख कार्यकारी अधिकृतले आफ्नो अख्तियारी भन्दा बाहिर गई कर्जा स्वीकृत गरेकोले तत्कालिन एनसीसी बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत श्री अमृतचरण श्रेष्ठलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) खण्ड (ग) बमोजिम रु. पाँच लाख जरिवाना गरिएको सूचनामा उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेकोले जरिवान रकम रु. दश लाख तोकि कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै तत्कालिन सेञ्चुरी कमर्सियल बैंक लिमिटेड प्राप्त पश्चात हाल प्रभु बैंक लिमिटेड कर्जा तथा श्रोत परिचालन अनुपात अन्तर्गत २०७९ सालमा साउन र भदौ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकाले राष्ट्र बैंकले कारवाहीमा परेको छ । यस बैंकलाई राष्ट्र बैंकले २ करोड ८४ लाख रुपैयाँ जरिवाना गरेको छ ।

नेपाल बैंक लिमिटेड कर्जा तथा श्रोत परिचालन अनुपात अन्तर्गत २०७९ सालमा साउन महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकाले राष्ट्र बैंकले कारवाहीमा परेको छ । यस बैंकलाई राष्ट्र बैंकले १८ लाख ५९ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

त्यसै गरी नबिल बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र हिमालयन बैंक पनि कर्जा तथा श्रोत परिचालन अनुपात अन्तर्गत कर्जा/निक्षेप अनुपात कायम नगरेकाले राष्ट्र बैंकले कारवाहीमा परेको छ । नबिल बैंकलाई ६ करोड ४६ लाख जरिवाना र ग्लोबल आइएमई बैंकलाई ४ करोड ४२ लाख रुपैयाँ जरिवाना गरिएको छ ।  नबिल र ग्लोबल आइएमई बैंकले २०७९ साल भदौ र असोज महिनामा, कृषि विकास बैंक र हिमालयन बैंकले भदौ महिनामा कर्जा/निक्षेप अनुपात कायम नगरेकाले राष्ट्र बैंकले कारवाहीमा परेको सूचनामा उल्लेख गरिएको छ ।  कृषि विकास बैंकलाई राष्ट्र बैंकले ६९ लाख ५८ हजार रुपैयाँ तथा हिमालयन बैंकलाई ७१ लाख ७२ हजार रुपैयाँ बराबर जरिवाना गरेकाे छ ।

बैंकहरु माथि राष्ट्र बैंकको कारबाहीः हेर्नुहोस् कुन कुन बैंकले तिरे १५ करोड ४७ लाख जरिवाना ?

Published by Nepal Rastra Bank on 2080-1-08



View More by Nepal Rastra Bank

  • Laxmi Sunrise Bank Ad