• KBL

Download Print

बिपिडब्लु लघुवित्तको IPO मा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आज अर्थात फागुन १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको सूचना प्रकाशित गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात अब सर्वसाधारणको लागि निष्काशन गर्न लागेको हो। लघुवित्तले आफ्नो जारी पूँजी तीन करोड रुपैयाँको ३२.३३ प्रतिशतले हुन आउने ९७ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ हजार कित्ता शेयर निष्काशन गर्न लागेको सूचनामा उल्लेख गरेको छ। जसमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा बाँडफाँट गरिसकेको छ भने एक हजार ५०० कित्ता शेयर कर्मचारीहरु तथा चार हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको सूचनामा सूचित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको ८० हजार ९५० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

बिपिडब्लु लघुवित्तको IPO मा आजदेखि आवेदन दिन सकिनेबारे सूचना

Published by BPW Laghubitta on 2079-11-18



View More by BPW Laghubitta

  • Laxmi Sunrise Bank Ad