• HBL - inner notice page
  • NABIL Bank Ads
  • Everest Bank Limited (EBL)

Download Print

नेपाल राष्ट्र बैंकद्धारा कुमारी र नबिलसहित ९ वाणिज्य बैंकलाई कारबाही गरिएको सम्बन्धी सूचना

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रयमासमा क वर्गका वाणिज्य बैंकहरु र बैंकका अध्यक्ष संचालक र प्रमुख कार्यकारी अधिकृतिलाई कारवाही गरेको विवरण सार्वजनिक गरेको छ । राष्ट्र बैंकले नबिल बैंक सहित सानिमा र माछापुच्छ्रे बैंक बैंकलाई सचेत गराएको छ । राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, माछापुच्छ्रे बैंक र सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई सचेत गराएको सूचनामा उल्लेख गरेको छ । 

नेपाल राष्ट्र बैंक इ.प्रा. निर्देशन नं. १९/०७८ (सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी व्यवस्था), बुँदा नं. २० कारवाही तथा सजाय सम्बन्धी व्यवस्थाको उपबुँदा नं. २, क्र. सं. २ मा रहेको ग्राहक पहिचान सम्बन्धी व्यवस्था कार्यान्वयन नभएकोले नबिल बैंकलाई सम्पत्ति शुद्धिकरण (Money Laundering) निवारण ऐन, २०६४ (संशोधन सहित) को दफा ७ फ. उपदफा १ (क) बमोजिम सचेत गराइएको नेपाल राष्ट्र बैंक सुपरिवेक्षण विभागले जनाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागबाट गरिएको उक्त कारवाहीमा कुमारी बैंकसहित चार वटा वाणिज्य बैंकलाई नगद जरिवाना गरिएको छ । राष्ट्र बैंकले प्रभु बैंक, कुमारी बैंक, प्राइम कमर्शियल बैंक, र तत्कालिन बैंक अफ काठमांन्डू हाल ग्लोबल आईएमई बैंकलाई समान ५० लाख नगद जरिवाना गरेको सूचनामा उल्लेख गरेको छ । राष्ट्र बैंकले सम्पति सुद्धिकरण समबन्धि ऐन र निर्देशनको उल्लघन गरेकोले भन्दै चार वाणिज्य बैंकलाई कुल दूई करोड जरिवाना गरिएको हो । 

नेपाल राष्ट्र बैंकद्धारा कुमारी र नबिलसहित ९ वाणिज्य बैंकलाई कारबाही गरिएको सम्बन्धी सूचना

Published by Nepal Rastra Bank on 2079-10-25



View More by Nepal Rastra Bank

  • MBL - below notice
  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad
  • NMB Ad - Notice buttom