कान्तिपुर फर्मास्यूटिकल्स ल्याब लिमिटेडले मंसिर १० गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्काशन गर्ने भएको छ।
कम्पनीले काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका वडा नं. ७ का स्थानीय बासिन्दाका लागि ८ लाख कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९० हजार कित्ता शेयर जारी गर्न लागेको हो। शेयरको अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ रहेको छ।
स्थानीय बासिन्दाले न्यूनतम १० देखि अधिकतम १० हजार कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम ७ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।
Published by Muktinath Capital on 2083-7-30
View More by Muktinath Capital