सानिमा बैंकले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा रु. १ अर्ब ५ करोड १५ लाख खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा नाफा रु. ४५ करोड ४९ लाख थियो, अर्थात् १३१.१३ प्रतिशतले बढेको हो।
नाफा बढे पनि ब्याज आम्दानी ६.३ प्रतिशतले घटेर रु. ४ अर्ब ५ करोड ९८ लाख भएको छ। ब्याजदर अन्तर (स्प्रेड) ३.६५ बाट ३.१७ प्रतिशतमा साँघुरिएको छ भने साधारण इक्विटी (CET I) अनुपात ९.५१ बाट ८.८८ प्रतिशतमा झरेको छ।
कर्जा तथा अन्य नोक्सानी व्यवस्था ६५.४ प्रतिशतले घटेर रु. ३३ करोड १० लाख भएको छ। खुद सञ्चालन आम्दानीमा भएको वृद्धिमध्ये करिब ४८ प्रतिशत हिस्सा यही व्यवस्था घटेर आएको हो । सञ्चालन खर्च २६.७ प्रतिशतले बढेको छ।
खराब कर्जा अनुपात भने ३.९१ बाट २.८६ प्रतिशतमा झरेको छ। प्रतिशेयर आम्दानी (EPS) रु. १३.१५ बाट रु. २९.१७ र इक्विटीमाथिको प्रतिफल (ROE) ७.६८ बाट १५.६० प्रतिशत पुगेको छ।
असार मसान्तको तुलनामा निक्षेप २.०८ प्रतिशत र ग्राहक कर्जा १.७८ प्रतिशतले मात्र बढेको छ।
Published by Sanima Bank Limited on 2083-7-12
View More by Sanima Bank Limited