• KBL
  • Everest Bank Limited (EBL)

Download Print

अस्पतालमा निःशुल्क उपचार बेडको अवस्था अनलाइनबाट हेर्न सकिनेबारे नेपाल सरकारको सूचना

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूमा उपलब्ध निःशुल्क उपचार सेवासम्बन्धी जानकारी सहज रूपमा प्राप्त गर्न निःशुल्क स्वास्थ्य पोर्टल सञ्चालनमा ल्याएको छ।

नेपालको संविधान, २०७२ को धारा ३५ ले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नहुने तथा स्वास्थ्य सेवामा समान पहुँच हुने हक सुनिश्चित गरेको छ। त्यसैगरी, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ को दफा ७०(घ) अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत शय्या विपन्न, असहाय तथा बेवारिसे बिरामीका लागि छुट्याई निःशुल्क उपचार सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था छ।

उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै निःशुल्क उपचार सेवालाई सहज, पहुँचयोग्य र पारदर्शी बनाउने उद्देश्यले अनलाइन प्रणाली विकास गरिएको मन्त्रालयले जनाएको छ।

यस पोर्टलमार्फत सेवाग्राहीले विभिन्न अस्पतालमा उपलब्ध निःशुल्क बेडको अवस्था सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्। थप जानकारी वा आवश्यक सहजीकरणका लागि पोर्टलमा उल्लेख गरिएको सम्बन्धित अस्पतालको फोकल पर्सनसँग सम्पर्क गर्न सकिनेछ।

अस्पतालमा उपलब्ध निःशुल्क बेडको अवस्था हेर्न Free Health Portal मा जानुहोस्।

अस्पतालमा निःशुल्क उपचार बेडको अवस्था अनलाइनबाट हेर्न सकिनेबारे नेपाल सरकारको सूचना

Published by Financial Notices on 2083-7-11



View More by Financial Notices

  • Global IME Bank
  • Laxmi Sunrise Bank Ad