नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, मानव संसाधन व्यवस्थापन विभागले खुला प्रतियोगिताअन्तर्गत सहायक निर्देशक (अधिकृत तृतीय) पदका लागि मुख्य उम्मेदवार छनोटसम्बन्धी सूचना प्रकाशित गरेको छ।
बैंकमा रिक्त रहेका पदपूर्तिका लागि लोक सेवा आयोगबाट लिइएको लिखित परीक्षा तथा नेपाल राष्ट्र बैंकबाट लिइएको अन्तर्वार्तामा प्राप्त कुल अंकका आधारमा बढी अंक प्राप्त गर्ने उम्मेदवारहरूलाई योग्यताक्रमअनुसार नियुक्तिका लागि छनोट गरिएको बैंकले जनाएको छ।
सूचनामा छनोट भएका मुख्य उम्मेदवारहरूको नाम, थर र रोल नम्बर समेत उल्लेख गरिएको छ।
Published by Nepal Rastra Bank on 2083-6-10
View More by Nepal Rastra Bank