नेपाल राष्ट्र बैंकले रसुवाको भोटेकोशी बाढीपीडितको सहयोगार्थ 'प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष'मा १ करोड ३८ लाख रुपैयाँभन्दा बढी रकम जम्मा गरेको छ।
गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगका लागि गभर्नर, डेपुटी गभर्नर तथा करारसहितका सम्पूर्ण कर्मचारीहरूको योगदानबाट कुल १ करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ कोषमा जम्मा गरिएको हो।
Published by Nepal Rastra Bank on 2083-5-22
View More by Nepal Rastra Bank