मिति २०८३/०५/१० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण नबिल बैंकको टिमुरे शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भई अर्को व्यवस्था नभएसम्मका लागि त्यहाँबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द गरिएको छ। साथै, बाढीका कारण विद्युत् तथा दूरसञ्चार सेवा प्रभावित हुँदा बागमती प्रदेशअन्तर्गतका धुन्चे, बट्टार, गल्छी र गजुरी शाखा कार्यालयहरूको बैंकिङ सेवा पनि मिति २०८३/०५/११ गते बिहीबारका दिन बन्द रहने व्यहोरा बैंकले जानकारी गराएको छ।
Published by Nabil Bank on 2083-5-11